CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोनाको कहरमा आठौं दिन पनि दलित बस्तीमा सर्राफ द्वारा मास्क तथा साबुन वितरण

फेटा GP PSA
906
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा ।

कोरोना संक्रमणको कहर लाई न्युन राख्न सरकारले समग्र मुलुकलाई लकडाउनमा राखिएको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु ठप्प गरिएको छ । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन दिइएको छैन । बजारमा भिडभाड हुने भएकोले बजार बन्द गरिएको छ । सडकमा प्रहरीबाहेक कोही पनि देखिँदैन । एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने भएकोले भिडभाड हुन नदिन लाई सरकारले लकडाउन गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सम्पन्न ब्यक्तिका लागि लकडाउन कुनै समस्या होईन । समस्या दैनिक आयआर्जन गर्नेहरुका लागि मात्र हो । दैनिक कमाई गरि जिविकोपालन गर्नेहरुका लागि लकडाउन दैवको बज्रपात जस्तै बनेको छ । अन्य आधारभुत आवश्यकताहरु लाई थाती राख्ने हो भने, कोरोनाको जोखिमका बेला पिछडिएका समुदायलाई मास्कको अभावमा संक्रमणको जोखिम उच्च हुन्छ ।

सोही कुरा लाई मध्य नजर गरि राजपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफले पिछडिएर रहेका समुदायमा मास्क तथा साबुन वितरण गरेका छन् ।

Karaiya Mai Notice Winter

कोरोना संक्रमणको जोखिम न्युन गर्नका लागि मास्क र साबुन वितरण गरेको सर्राफले बताए । साथै संक्रमणबाट जोगिने उपाय बारे सचेतना पनि गरेको उनको भनाई छ । वीरगञ्ज महानगरपालिका वडा नं १५ र १६ मा रहेको दलित बस्तीहरुमा उनले कोरोना सम्बन्धी सचेतना तथा लकडाउनका बेला पालना गर्नुपर्ने नियमहरु बारे प्रकाश पारेका थिए । लगातार छैठौँ दिन महानगरमा रहेका दलित बस्तीहरुमा मास्क, साबुन वितरण तथा जनचेतना प्रवाह गरेको युवा नेता सर्राफको भनाई छ ।

भिजिट मधेश का राष्ट्रीय संयोजक समेत रहेका सरराफले यस अघि नगवाको दक्षिण टोल दलित बस्ति, माइधिया पोखरी दलित बस्ति लगायत यो कार्यक्रम गर्दै आएका छन् भने रामटोल, गहवा छपकैया लगायतका सिमान्तिकृत बस्तिमा पनि गरिने बताएका छ्न् ।

त्यस्तै जिल्ला प्रहरि कार्यालय पर्सामा रहेका थुनुवाहरुको लागि ६० पिस मास्क प्र• नि• रबि भुषन यादवलाई प्रादन गरिएको सरराफले बताए।अलग अलग टोलि निर्माण गरि वितरण गरिएको सरराफले बताए। अलग अलग टोल को लागि बनाइएको एक एक जनाको टोलिमा समाजिक युवा हरु सन्जय पटेल, किसन सरार्फ, रन्जित पटेल, शेक मुना लगायतले महानगरका बिभिन्न पिछिडिएका बस्तिहरुमा बितरण कार्य जारि राखेका छन ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश