CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

सुनसरीमा भारतबाट कोराना सक्रमणको पुष्टी भएका व्यक्ती भागेर आएको सूचनाले सुरक्षामा कडाई

सुनसरीमा भारतबाट कोराना सक्रमणको पुष्टी भएका व्यक्ती भागेर आएको सूचनाले सुरक्षामा कडाई

Pheta Chhath Shubhakamana
1,460
Bara Gadhi Notice winter

इनरुवा । सुनसरीको नेपाल भारत सिमाक्षेत्र सँग जोडिएको भारतीय गाँउबाट कोरोना सक्रमणको पुष्टी भएका एक व्यक्ती भागेर नेपाल प्रवेश गरेको सूचनाका आधारमा सुरक्षा व्यवश्था कडा पारिएको छ ।
भारतको केरला राज्यमा कोरोना सक्रमणको पुष्टी भएपछि उपचारका लागी केरलामा अस्पताल भर्ना गरिएका व्यक्ती भागेर सुनसरी सग सिमा जोडिएको सुपौल जिल्लामा आएपछि भारतिय प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनी सुपौलबाट समेत भागेपछि सुनसरीमा सुरक्षा कडा बनाईएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भारतिय नागरिक भागेर सिमावर्ती भारतिय गाउमा आएपछि भारतिय सुरक्षा निकायले उनलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि उनी नेपाल तर्फ आउन सक्ने भएकाले सिमानाकामा थप सुरक्षा कडा बनाईएको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले सुनसरीको सवै सिमावर्ती क्षेत्रमा रहेका सुरक्षानिकायका युनिटहरुलाई नेपाल तर्फ कुनै पनि व्यक्तीको प्रवेश हुन नदिन कडाईका साथ चेकजाँच र निगरानी बढाउदै सिमाक्षेत्रमा हाल कायम रहेको लकडाउनलाई थप कडा बनाउना निर्देशन दिएको बताए ।
सशस्त्र प्रहरी वल ४ नं गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले भारतिय नागरिक सुपौल जिल्लामा रहेको उनको घरमा केरलाबाट भागेर आएपछि उपचारका लागी नियन्त्रणमा लिन खोज्दा भागेको भारतिय सिमा सुरक्षा वल एसएसपी मार्फत जानकारी आएकाले नेपालमा प्रवेश गर्न नदिन सिमाक्षेत्रमा सुरक्षा कडाई गरिएको बताए ।
एसपी ढकालले भने कोरोना सक्रमित भारतिय नागरिक लुकीछिपी सुनसरीमा प्रवेश गर्ने सम्भावना भएकाले उनको पहिचान खुल्ने फोटो भारतिय सुरक्षा वल सँग माग गरिएकाले फोटो प्राप्त भएपछि उनको खोजीलाई व्यापक बनाउने बताए ।

Baiju sah