CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सन्धिखर्क र शितगंगा नगरपालिकाले गुजारा चलाउन नसक्ने परिवारलाई राहात वितरण गर्ने

फेटा GP PSA
853
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गुजारा चलाउन नसक्ने परिवारलाई तीनवटा प्याकेजको रुपमा वर्गिकरण गरि राहात वितरण गर्ने भएको छ । सन्धिखर्क नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्र बिहान–बेलुकीको छाक टार्न समस्या भएका परिबारहरुको लगत संकलन गरी राहात वितरण गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कोरना भाईरस रोगथाम तथा नियन्त्रण वडा स्तरीय समन्वय समितिलाई क्रियासिल बनाउने निर्णय गरेको छ ।
कोरना भाइरसको रोगथाम तथा नियन्त्रण ,क्वारेन्टाइन व्यवस्थापन विपन्न गुजारा चलाउन नसक्ने परिवारलाई राहत व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्ने ,लकडाउनलाई प्रभावकारी बनाउन सम्वन्धित वडाहरुले अन्य स्थान बाट आवत जावत गर्ने कार्यलाई रोक्न आम जनसमुदायलाई सचेत गराउने लगायतका निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले बताउनु भयो ।
यता जिल्लाको शितगंगा नगरपालिकाले दैनिक मजदुरी गरि खानेहरुका लागी राहत वितरण गर्ने भएको छ । दैनिक काम गरेर साँझ बिहान छाक टार्ने अति विपन्न परिवार लाइ मध्य नजर गर्दै दैनिक उपभोग्य बस्तु राहत प्रदान गर्ने नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शितगंगा नगरपालिकाका १४ वडामा भएका अति बिपन्न परिवारलाई नजिकको वडा कार्यालयमा २ दिन भित्र जानकारी गराउन अनुरोध गरिएको छ । वडाहरुमा संकलन भएको बिवरणको आधारमा अनुगमन र पहिचान गरि दाल, चामल, नुन लगायतका दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिने नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो । कोरोनाको रोकथामका लागी नगरपालिकाले सचेतनामुलक संदेश प्रवाह समेत गरिरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश