CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौतामा ठूलो विवाद उत्पन्न गराउन राजनीतिक चलखेल हुँदै

फेटा GP PSA
1,358
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

पचरौतामा ठूलो विवाद उत्पन्न गराउन राजनीतिक चलखेल भैइरहेको जानकारहरुको बुझाइ रहेको छ। बारा जिल्लाको सबै भन्दा कान्छो पचरौता नगरपालिका हो। पचरौता नगरपालिका भन्ने बितिकै कुनै सरकारी कार्यालयमा सहजै चिन्ने गरेका हुन्छन। यसमा आश्चर्य हुने कुनै ठूलो कुरा होइन, पचरौता नगरपालिका भनेको बारा जिल्लाको एउटा चर्चित नगरपालिकामा आउने गर्द छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पचरौता नगरपालिकाको नाम किन चर्चित हो भन्ने बारेमा सबै भन्दा बढी जिल्लाका प्रमुख निकायहरुमा बढी चर्चाको विषय बनेको हुन्छ। पचरौता नगरपालिकामा जहिले पनि एक मतले कुनै कार्य हुन नसकेको पनि एउटा ठूलो चर्चाको विषय बनेको हुन्छ। पचरौता नपामा आज सम्म नगर प्रमुख तथा उप-प्रमुखको समन्वय हुन सकेको छैन। एक अर्का प्रती दोषारोपण गरेकै हुन्छन् ।

Karaiya Mai Notice Winter

अर्थात कार्यपालिका, न्यायपालिका तथा ब्यवस्थापिका बिच जब सम्म समन्वय हुदैन तब सम्म त्यहाको विकास सम्भव हुदैन । हालको व्यवस्था अनुसार हाम्रो मुलुकमा तीन तहको सरकार रहेको छ। सोही कुरा लाई लिएर हरेक पक्षीय तथा विपक्षी पार्टीका व्यक्तिले प्रदेश तथा संघीय सरकारका सदस्यहरुले पनि चर्चाको विषय बनाएका हुन्छ्न।

हालको अवस्थामा पचरौताको वाडा नं. ६ पकडिया बाट ठूलो द्वन्दको खतरा हुने संकेत देखिएको अवस्था रहेको स्थानीयहरुको भनाइ तथा बुझाइ रहेको छ। स्थानीयहरु शीत खतोलेर सोद्धदा प्रष्ट रूपमा भन्न लाई नचाहे पनि विगत वर्षौ वर्ष देखिको द्वन्द आज फेरि सृजना भएको बताउने गरेका छन । हुनत कुनै ठुलो द्वन्दको संज्ञा भनेको दुई जातीय बिच कुनै न कुनै जग्गाको विषय नै हुन सक्ने अनुमान गर्ने गरेको स्थानीयहरुले बताएका छन।

स्थानीयको अनुसार यस्तो राजनीतिको अखाडा बनाउदै पकडियामा नै यस्तो समस्या उत्पन्न गराएर पकडियाको भविष्य संग खेलवाड गरेको स्थानीयको आरोप रहेको छ।पकडिया कसरी पछाडि पर्छ भन्ने कुरा सदियौ देखि नै राजनीतिको चेपुवामा परेको र आज झन बिकराल अवस्थामा पुगेको स्थानीयहरुको बुझाइ रहेकोे छ।

यो द्वन्दको अवस्था निकै भयावह हुने देखिन्छ, तथा यस्तो अवस्था कोरोना भाइरस लाई लिएर आज सम्म रोकिएको हो नत्र भने कहिले को भैइ सक्ने भन्ने सर्वसाधारणको भनाइ रहेको छ। तसर्थ यस्तो अवस्थामा स्थानीय प्रशासन लाई हरेक समयमा सचेत भएर बस्नु पर्ने अवस्था रहेको स्थानीयहरुको बुझाइ रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश