CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

आफ्नै निजि खर्चमा अढाई सय परिवार लाई तिवारी द्वारा सहयोग प्रदान

फेटा GP PSA
1,392
सिम्रौन्गढ़ नपा psa

आफ्नै निजि खर्चमा अढाई सय परिवार लाई तिवारी द्वारा सहयोग प्रदान

कलैया, बारा।

पर्साको बिन्दवासनी गाउँपालिका गदौंलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का साढे २ सय बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री दिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

बिश्वब्यापी रुपमा फैलिएको नोबेल कोरानो (कोभिड–१९) भाइरस संक्रमणको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको बेला गाउँका बिपिन्न बर्गका मानिसहरु लाई छाक टार्न समस्या भएपछि उनले आफ्नो खर्चमा राहत सामग्री बितरण गरेका हुन।

अढाईं सय वटा परिवारलाई बराबर रुपमा करिब साढे १२ किलो चामल, एक किलो नुन, एक पाउ स्वाबिन मस्यौरा उनले बाँडेका छन् । यसरी उनले ३ हजार एक सय २५ किलो चामल, साढे २ सय किलो नुन, साढे २ सय वटा मास्क र करिब ६० किलो स्वाबिन मस्यौरा बाँडेका हुन ।

‘अहिले असहज समय छ, धेरै परिवारलाई छाक टार्न समस्या भएको थाहा पाएपछि मैले घर परिवारभित्र सल्लाह गरेर राहत सामग्री बाँड्ने निधो गरे,’ तिवारीले भने, ‘मँसंग स्रोत थियो र दिएँ, गाउँमा कोही पनि भोक भोकै सुत्नु नपरोस भन्ने मेरो उदेश्य रहेको बताए।

बहुअर्वा भाठामा रहेका स्थानीय प्रहरी चौकी र सशस्त्र प्रहरी बलको इकाईको समन्वयमा उनले लक्षित परिवारलाई उक्त सामग्री बाँडेका हुन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँका भद्र भलाद्यमीहरुले सहजिकरण गरेर २ सय ५० जनामा ब्यवस्थित किसिमले राहत बितरण गर्न सघाएका थिए । लकडाउन समेत सरकारको निर्देशनहरु पालना गर्न कोरोना रोकथामको लागि आवश्यक रहेको समेत तिवारीले बताए ।

Baiju sah