CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

परवानीपुर गाँउपालिकामा राहत वितरण ,सम्पन्न परीवारले पाए राहत

फेटा GP PSA
592
सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

वीरगन्ज,३ बैशाख/

सरकारले कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैल्न नदिनका लागी गरेको लकडाउनमा प्रभावित परीवारलाई सरकारले राहत वितरण गरीरहेको छ । गएको चैत ११ देखी सूरु भएर बैशाख १५ गतेसम्मका लागी तोकिएको लकडाउनबाट प्रभावित परीवारलाई राहत वितरणको जिम्मा स्थानीयतहलाई दिएपछि लापरावाही भएको फेला परेको छ ।
बाराको परवानीपुर गाँउपालिकाको अधिकांश वडामा लकडाउनमा प्रभावित परीवारलाई लापरावाही गरेर राहत वितरण भएको पाईएको छ ।
सरकारको मापदण्ड अनुसार आर्थिक अवस्था कमजोर भएका अतिविपन्न ,दलित र दैनिक ज्यालादारीमा राहत वितरण गर्नेका लागी भनिएपनि गाँउपालिकाको वडानम्बर ३ मा लिपनीमालमा मापदण्ड विपरीत राहत वितरण भएको स्थानीयबासीले बताएका छन ।
गाँउपालिका अध्यक्ष हरीनारायण साह र वडाअध्यक्ष अनिल रामको निर्देशनमा गाँउमा रहेका ९० प्रतिशत परीवारले राहत पाएको स्थानीयबासीको भनाई छ ।गाँउपालिकाको वडा नम्बर ३ लिपनीमालमा निर्वाचन आयोगको तथ्यांकअनुसार ५ सय ७४ घरधुरी रहेको छ । जसमा ५ सय १४ घरधुरीले लकडाउनबाट प्रभावित परीवारको रुपमा राहत पाएका छन ।
राहत वितरणको जिम्मा पार्टीका कार्यकर्तालाई
राजपा नेपालबाट निर्वाचित गाँउपालिका अध्यक्ष हरीनारायण साह र वडा नम्बर ३ का वडाअध्यक्ष अनिल रामले लकडाउनबाट प्रभावित परीवारलाई राहत वितरणका लागी खाद्यान्न समाग्री खरीद र वितरणको जिम्मा आफ्ना पार्टीका कार्यकर्तालाई दिएका छन ।
सरकारले उपलब्ध गराएको राहत वितरणको जिम्मा पार्टीका कार्यकर्ता मुकेश रौनीयार र विनेश रामले पाएका छन । गाँउपालिका अध्यक्ष साहका अनुसार पार्टीका कार्यकर्ता तयार रहेकाले अरुलाई राहत समाग्रीको खाद्यान्न उपलब्धमा हस्तक्षेप नगर्ने बताएका छन । राजपा पार्टीका अग्रज नेताको ईसारामा गाँउपालिका अध्यक्ष साह र वडाअध्यक्ष रामले रौनीयार र रामलाई राहत वितरणको जिम्मेवारी दिएको स्थानीयबासीले आरोप लगाएका छन ।
राहत वितरणका लागी खाद्यान्न उपलब्ध गराउन जिम्मेवारी पाएका रौनीयार परवानीपुर बजारमा आलु ,पियाज बिक्रि वितरण गर्ने व्यवसायी हुन । भने ,अर्को राम सहकारी बंंैकका लागी दैनिक रकम उठाउने काम गर्ने व्यतिm हुन । उनीहरु राजपाका कार्यकर्ता भएका हैसियतले पार्टीका अग्रज नेताको निर्देशनमा आर्थिक लाभ हुने भएपछि जिम्मेवारी दिएर राहतको खाद्यान्न समाग्री खरीद गर्ने जिम्मेवारी दिईएको स्थानीयबासीको आरोप रहेको छ ।
राहत वितरणमा लकडाउन उलल्घन
परवानीपुर गाँउपालिका ३ लिपनीमालमा मंगलबारबाट सुरु भएको राहत वितरण लकडाउन उलल्घन हुन थालेको पाईएको छ । परवानीपुर बजारमा रहेका श्री भोज भगत माविको परीसरमा सुरु भएको राहत वितरणमा लकडाउनको उलल्घन भएको पाईएको छ । लकडाउन अवधीमा समाजिक दुरी कायम गरेर राहत वितरण गर्ने निर्देशन भएपनि लकडाउनको धज्जी उडाएर राहत वितरण भईरहेको छ । वडानम्बर ३ लिपनीमालमा रहेका यादव ,सोनार ,मुस्लिम , डोम , चमार , कानु , रौनीयार लगायतका जातीले बसोबास गरेका छन । सरकारले पठाएको बजेट सकाउनका लागी पक्की घर भएका , जागीर भएका , पार्टीका कार्यकर्ता भएका अधिकांश परीवारले लकडाउन प्रभावित परीवाको रुपमा राहत पाएको स्थानीयबासीले बताएका छन ।
खाद्यान्न समाग्रीमा आर्थिक हिनामिना हुने आशंका
पार्टीका कार्यकर्ताले खाद्यान्न समाग्री उपलब्धको जिम्मेवारी पाएपछि आर्थिक रकम हिनामिना हुने आशंका स्थानीयबासीले गरेका छन । राहत वितरणको जिम्मेवारी टेण्डर गरेर दिन सरकारले निर्देशन दिएपनि गाँउपालिका अध्यक्ष साहले आफ्ना पार्टीका कार्यकर्तालाई जिम्मा दिएपछि आर्थिक चलखेन हुने आशंका भएको स्थानीयबासीको आरोप छ । बिना टन्डर गाँउपालिका अध्यक्ष साह र वडाअध्यक्ष रामले पार्टीका कार्यकर्तालाई जिम्मेवारी दिएपछि आर्थिक लाभ हुदाँ हिसा लिन सहज हुने देखिएपछि जिम्मेवारी दिएको आरोप स्थानीयबासीको छ ।

Baiju sah