CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समान्य कुराले बन्यो दुई समुदायको विवाद, सात जना घाइते

फेटा GP PSA
936
सिम्रौन्गढ़ नपा psa

दिपेन्द्र साह, बीरगंज, पर्सा।

पर्साको विश्रामपुरमा दुई समुदायबीच झडप हुँदा सात जना स्थानीय वासिन्दा घाइते भएका छन् । तीमध्ये एक जनाको स्थिति गम्भीर रहेको छ भने बाकी जना समान्य घाइते बनेका छन् । हिजो राती करिब ९ बजेको समयमा विवाद सुरु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दुई जना फरक समुदायका केटा हरु बिच समान्य भनाभन हुदा दुई समुदाय बिच झडप भएको हल्ला फैलाएको कारण असमान्य बनेको थियो। मुस्लिम समुदायका एकजना केटा लाई हिन्दु समाजका केटाले भाइरस भनेर जिस्काएको हुनाले दुई समुदाय बिच झडप हुन पुगेको वाडा न. ९ का वाडा सदस्य महमद फकरुदिनले तथा घट्ना स्थलमा पुगेका वडा न. ७ का वडा अध्यक्ष प्रभु पटेलको बुझाइ रहेको छ।

Karaiya Mai Notice Winter

मुस्लिम समुदायमा बढी कोरोनाको संक्रमन देखिएकोले हिन्दु समुदायका एकजनाले जिस्काउदा विवाद उग्ररूप लिएको थियोे । हिजो राती अचानक होहल्ला हुदा एक समुदायले हमला गरेको भन्दै विवाद चरम सिमालाइ पारगर्दै दुइटैइ समुदाय बाट ७ जना घाइते भएका छन् ।

यदि यसरी सानोतिनो विवाद लाई समाजले साम्य गर्न सकेन्न भने भोलिको दिनमा धेरै ठूलो छती बेहोर्नुपर्ने सचेत नागरिकहरुको भनाइ रहेको छ। उग्ररूपको विवाद पर्सा जिल्ला बाट थप प्रहरी पठाएर नियन्त्रणमा लिएको थियो ।

विवादको क्रममा घाइते भएकाहरू मध्ये बडिया राय भाट,
मखमुल राय भाट, फईयाद देवा, फमिमा खातुन रहेका छन्  भने अर्को तर्फ चन्दन गुप्ता, सुनिल गुप्ता सुसिला देबी लगायतका घाइते भएका छन् ।

विवाद खडा गरेको बारेमा विशेष अनुसंधानका लागि प्रहरीले दुई जनालाई पक्रउर समेत गरेको छ। पक्राउ परेका मध्ये हलिम मियाको छोरा नसरुलाह मिया तथा किसुन कलवालका छोरा राजु गुप्ता रहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश