CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अवैध सकसाल काठ सहित पक्राउ परेका शर्मा नेपालबाट भारत तर्फ काठको तस्करी गर्दै आएको रहस्य खुल्यो

फेटा GP PSA
1,264
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज (पर्सा), ८ वैशाख ।
आइतबार दिउँसो अवैध सकसाल काठको गोलिया सहित पक्राउ परेका हिरामन शर्मा विगत लामो समयदेखि काठको तस्करी गर्दै आएको रहस्य खुलेको छ । भारतको पर्वी चम्पारण जिल्ला मोतिहारी थाना रमसिरिया घर भई विगत ४० वर्ष अघि नेपाल प्रवेश गरेका शर्मा अहिले आदर्शनगर क्षेत्रमा तस्करीको अकुत सम्पत्ति थुपारेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चारजना छोरा जगदीश शर्मा, गोपाल शर्मा, हिरामन शर्मा र विनोद शर्मालाई लिएर अन्दाजी २०३५ सालतिर भारत स्थित आफ्नो जन्मस्थल घर छाडी नेपाल प्रवेश गरेका शिवजी शर्मा वीरगन्जको घडिअर्वा क्षेत्र स्थित बसोबास गर्दै आएका थिए । सोही क्षेत्रमा रौतहट जिल्लाका गौर निवासी शर्मा थरका व्यक्तिसँग चिनजान बढाई रामदेव शर्माका नक्कली भाई बनी वंशज नागरिकता प्राप्त गर्न सफल भई आफ्ना चार जनै छोरालाई नेपालको नागरिक्ता बनाउन सफल भएका थिए । शिवजी शर्मा र उनी नक्कली छोरा बनेका बुवाको पनि मृत्यु भइसकेको छ भने नक्कली भाई रामदेव शर्मा अहिले पनि वीरगन्जमै बसोबास गर्दै आएका छन् ।

Karaiya Mai Notice Winter

शिवजी शर्माको जेठो छोरो जगदीश शर्माको पनि मृत्यु भइसकेको छ । उनकै नामले वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगर ठाकुरराम क्याम्पस पछाडि संचालन गरिएको जगदीश एण्ड ब्रदर्श सव मिल संचालन गरि बाँकी तिनै दाजुभाई काठको व्यापार गर्दै आएका थिए । काठको व्यापार गर्नुभन्दा पनि तिनै भाई नेपालको वनजंगलबाट तस्करीको अवैध काठ किनी चिरान बनाई अवैध तरिकाले भारत तर्फ निर्यात गर्दै आएको बताइएको छ । विगत लामो समयदेखि तस्करीमा संलग्न तीन दाजुभाई मध्ये हिरामन शर्मालाई आइतबार पर्सा प्रहरीले अन्दाजी १३ क्यूफि (१२६) पिस सकसालको काठ सहित पक्राउ गरेको हो ।

 

पटक पटक काठ तस्करी गर्न पल्केका शर्मा यस पटक भने प्रहरीको फन्दामा परेका छन् । उनीलाई कानूनी कारवाहीबाट उन्मुक्ति दिलाउन विभिन्न कसरत भइरहेको बताइएको छ । पक्राउ परेका शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाउने कार्य भइरहेको छ भने बरामद गरिएको काठ जिल्ला वन कार्यालय पर्सालाई पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश