CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण

फेटा GP PSA
1,314
सिम्रौन्गढ़ नपा psa

बीरगंज, मुकेश श्रीवास्तव।

जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण गरिएको छ। हुनत मानव संसारका सबै जना छन, तर आज भोलि मानवताको कुनै वास्ता नै नगरी मानवताको नाममा दानव झै यावत कुराहरुको बहानामा मान्छे मार्ने तथा आ-आफ्नो स्वार्थको लागि मात्र कार्य गर्ने गरेको सर्वसाधारणको बुझाइ रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उदाहरणको रुपमा हाम्रै समाजमा हेरिन्छ । जहा आफुले जनताको मत बाट निर्वाचित भएर जनता लाई नै वेवास्ता गर्दै राहतको नाममा आफ्नो जिवनको रोटी सेक्ने कार्य गरेको पनि सर्वबिदित छ। किरापरेका चामल र दल जनता लाई वाडेको पनि सुनेकै हो।

त्यस्तै फरक सोच भएका नगवा पानीटंकी निवासी सुनिल कुमार श्रीवास्तव तथा रेनु श्रीवस्तव द्वारा बीरगंज महानगरपालिका वाडा न. १६ नगवा पानीटंकीका २०० जना गरिव तथा निसहाय लाई राहत वितरण गरेका छन। राहत सामाग्री मध्ये १५ केजी चामल र मसुरको दाल १ केजी जनही रहेको थियो।

राहत वितरण कार्य वाडा अध्यक्ष श्याम बाबू चौरसिया, नगवा प्रहरी चौकीका सैइ उपेन्द्र महतो, अंसइ जे.पी पान्डे, छोरा विवेक श्रीवास्तव, सुनिल कायस्थ, बुहारी अलिसा श्रीवस्तव, छोरी निशा श्रीवस्तव लगायतका सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश