CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भ्रामक समाचारप्रति राष्टिय युवा संघ पर्साको आपति

फेटा GP PSA
700
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१६ बैशाख

राष्टिय युवा संघका इन्चार्ज महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद् डा .सुरेन्द्र यादबको अपहरण सम्बन्धि भ्रामक समाचारप्रति राष्टिय युवा संघ नेपाल जिल्ला पर्साले आपत्ति जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्ला कार्यसमिति पर्साका संयोजक महमद निजामुद्धिनले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा राजनितिकी पुर्वाग्रह राखेर प्रसारण तथा प्रकाशन गरिएका समाचारप्रति ध्यानआकर्षण गराइएको छ । राजनितिक पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा वार्तालाई अतिरन्जन गरेर दुस्प्रचार गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Karaiya Mai Notice Winter

“युवाहरुमा लोकप्रिय छवी बनाएका हाम्रा राष्ट्रिय इन्चार्ज क।महेश बस्नेतलाई राजनीतिक प्रतिशोध साँधेर समाजबादी पार्टीले आफ्नो पार्टी फुटाउने कार्यमा संलग्न भएको भन्दै अनर्गल आरोप लगाउनु आफैँमा हास्यास्पद रहेको सबैलाई अवगत नै भइसकेको छ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले राजनीतिक भेटघाट र छलफललाई अतिरञ्जित गरि अनर्गल प्रचार प्रसार गरिनु आफैँमा राजनीतिक परिपक्वता नठहरिने जनाएको छ ।

“अपहरणमा परेको भनेर चर्चामा आएका समाजवादी पार्टीका सांसद डा।सुरेन्द्र यादवले विभिन्न सञ्चारमाध्यममा दिएका पछिल्ला अन्तर्वार्ताहरु नै विवादास्पद देखिएका छन् । कुनै सञ्चारमाध्यममा अपहरण गरिएको भन्ने त कुनै सञ्चारमाध्यममा भेटघाट र छलफल हो भन्ने जस्ता विवादास्पद अभिव्यक्ति उनी आफैँले दिँदै हिँडेकाले उनी कसैको गोटी बनेको स्पष्ट हुन्छ ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सक्षम युवा नेतृत्वलाई राजनितिक पूर्वाग्रह राखेर व्यक्तिगत लान्छना लगाउनेलाई यथाशिघ्र कारवाही गर्नुपर्ने पनि संघले विज्ञप्ती मार्फत माग गरेको सहसंयोजक ओम प्रकाश गुप्ताले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश