CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

रौतहटमा थप दुई जनामा कोरोना पुष्टि।

रौतहटमा थप दुई जनामा कोरोना पुष्टि।

Pheta Chhath Shubhakamana
657
Bara Gadhi Notice winter

रौतहटमा थप दुई जनामा कोरोना पुष्टि।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।बैशाख १६। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको चपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेको एक पुरुषको स्वाब परिक्षणका लागि लगिएको स्वाबमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले जनाएको हो। बृन्दाबन नगरपालिका वडा नंबर ९ का २५ बर्षीय पुरुष गत महिनामा भारतको कोलकताबाट घर फर्केको बेला सो ब्यक्तिलाई चपुरको क्वारेन्टाइनमा बसाएको थियो। सो ब्यक्तिको स्वाब परिक्षणको बेला प्रादेशिक अस्पतालबाट निगेटिभ रिपोर्ट अाएको थियो। निगेटिभ रिपोर्ट अाएपछि सो ब्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनको बाँस पछि घर फर्काएका थिए। टेकु अस्पताल काठमाडौंबाट सो ब्यक्तिमा कोरोना पुष्टि भए जानकारी दिए लगत्तै सो ब्यक्तिको खोजतलास जारी नै रहेको बताईएको हो। भने देवाही गोनाही नगरपालिकाको क्वारेन्टाइनमा रहेको १ पुरुषमा कोरोना पुष्टि भएको हो। देवाही गोनाही नगरपालिका वडा नंबर १ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। सो ब्यक्ति अहिले क्वारेन्टाइनमै रहेको र सो ब्यक्तिलाई अाईसोलेसनमा राख्ने त्यारी भई रहेका छन्। यस भन्दा पहिला ईशनाथ नगरपालिकाको क्वारेन्टाइन बसोबास गर्दै अाएको ब्यक्तिमा कोरोना पुष्टि भएपछि बिरगंज अस्पतालको उपचार पछि निको भई घर पर्केको थियो। काठमाडौंबाट गत १२ गते चार जनाको टोली रौतहट अाई ८ वटा क्वारेन्टाइनबाट ७ जना महिला सहित ८३ जनाको स्वाब परिक्षणको लागि काठमाडौं लगिएको थियो। सोही मध्ये २ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको हो।

Baiju sah