CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

न्यायीक संयोजक लाई नै नगर सूचनाको अभाव, नगरको काम नगर प्रमुख र प्रशासकीय प्रमुखको इसारामा

फेटा GP PSA
852
सिम्रौन्गढ़ नपा psa

सिम्रौनगढ, बारा।

न्यायीक संयोजक लाई नै नगर कामकाजको हरेक सूचना बारे बेवास्ता गरि नगरको काम नगर प्रमुख र प्रशासकीय प्रमुखको इसारामा भैइरहेको पत्रकार समेलन गरि उप-प्रमुख रिमा देवी कुशवाहाले जानकारी गराएकी छिन। सिम्रौनगढ नगरपालिकामा नियमविपरित कार्य गरेकोले नगरको कामकाज अतिनै अस्तव्यस्त बनेको उप-प्रमुख कुशवाहाले पत्रकार सम्मेलन गरि जानकारी गराएकी छिन ।

विहिवार रानीवास स्थित वडा भवनमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख कुशवाहाले बोर्डको बैठक मौखिक सूचनाको भरमा जहिले पनि बोर्डको बैठक गर्ने गरेको र निर्णय बारे कुनै जानकारी नगराइ हरेक सूचना लुकाउने गरेको र बोर्ड सदस्यको सहमति बिना नगर प्रमुख विजयशंकर यादव र प्रशासकिय अधिकृत हरिओम प्रसाद जैयसवालले सवै काम गरिरहेको आरोप लगाएकी छिन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

प्रशासयिक अधिकृत जैयसवालले वडाध्यक्ष, बोर्डको कार्यपालिका सदस्यहरुलाई कुनै वास्ता नगरि एकलौटी आफुखुशी काम गरिरहेकोले पत्रकार सम्मेलन गरेको उनले जनाईन ।

राहत बाडनका लागि आफुले बोर्ड बैठक गर्नलाइ भने र राहत खरिद गर्न दरभाउ जारी गर्नुपर्ने भएतापनि आफुखुशी राहत खरिद गरिएकोले पछि हामी माथि नै अनियमितता पर्ने भएकोले पत्रकार सम्मेलन गर्न बाध्य भएको उप-प्रमुखले बताईन ।

Karaiya Mai Notice Winter

नगरस्तरीय योजना तथा कार्यक्रमको खर्चको विवरण, धारा तथा चपाकलमा खर्च भएको विवरण, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, बहुक्षेत्रिय पोषण, उर्जा र आयुर्वेद तर्फ सर्शत अनुदाको विनियोजित बाट भएको कार्यक्रमको खर्च, आर्थिक प्रशासन शाखामा दुई जना करारमा कर्मचारी भर्ना गरि तलब दिएको, मनपरि गाडि खरिद गर्ने, माछा पोखरीको ठेक्का सम्झौता भएको विवरण लगायतको विषयमा सुचना माग्दा प्रशासकिय अधिकृतले नदिने गरेको पत्रकार सम्मेलनमा उनले गुनासो पोखेका थिन ।

कार्यपालिका सदस्य लाई जुन सुकै बेला कुनै निर्णय बारे जानकारी लिनसकिने व्यवस्था एनकानुनमा रहेको तथा नगरले जुनसुकै निर्णय बारे हरेक कार्यपालिका सदस्य लाई  एक प्रति निर्णय प्रतिलिपी उपलब्ध गराउने नियम रहे तापनी सूचना लुकाउने गरेको पत्रकार समेलनमा गुनासो पोखेका थिन।

समाजिक शाखाको प्रमुख भएपनि त्याहाबाट प्रदान गर्ने सेवा सुविधा बारे अहिले सम्म आफुलाई केहि जानकारी नभएको बताए । करारका कर्मचारी राखेर कमिशनको खेलमा लागेका नगरप्रमुख प्रशासकिय अधिकृतले आफै सवै योजना करारका कर्मचारीबाट सञ्चालन गराउदै आएको पत्रकार सम्मेलनामा आरोप लगाएका छन ।

नगरप्रमुख यादवसँग फोनमा कुरा गर्न खोज्दा फोन सम्पर्क  हुन सकेन । प्रशासकिय अधिकृत जैसवाल सँग प्रतिक्रिया लिदा आफुले नियमसंगत सवै कार्य गरेको र लकडाउनको तीन चारदिन पहिला आएकोले त्यसभन्दा पहिलाको कुरा बारे आफू अध्ययन गर्न नसकेको प्रतिक्रिया दिए ।

उप-प्रमुख कुशुवाहाको भनाइ अनुसार बिगतको दिन देखि नै आफुहरुले नगर प्रमुख लाई सबै कुराहरु बारे जानकारीका साथ साथै सचेत गराउदा गराउदै यति वर्ष बितिसक्दा पनि अब अझ उग्र रुपले प्रस्तुत भैइरहेकोले पत्रका समेलन गर्न बाध्य भएको बताए। धम्कीको शैलीमा गत २३ गतेको अनौपचारिक छलफलमा कार्यपालिका सदस्य लाई चुप लगाएको वाडा न. ४ का वाडा अध्यक्ष राजेश प्रशाद यादवले बताए।

उप-प्रमुख कुशुवाहाको नेतृत्वमा वाडा अध्यक्ष सुमित प्र. जैसवाल, खुशीलाल महतो, म. मन्जुर अंसारी, राजेश प्र.यादव, हेमचन्द्र प्र. जैसवाल, हरिशंकर प्र. यादव,  कार्यपालिका सदस्य प्रमानंद मुखिया, रामप्रवेस प्र. जैसवाल, उषा देवी पटेल, सरिता देवी महतो, सरसती राम, रमाउती कुशुवाहा,  संझा देवी पटेल, रामप्रसाद लगायत १७ जना पत्रकार समेलनमा समिलित रहेका थिए।

Baiju sah