CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु सनातनीहरुको मौनताका कारण सरोकारवाला गैरजिम्मेवार, धार्मिक स्थल जिर्णहुदै : तिवारी

फेटा GP PSA
992
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अभिषेक तिवारीले भगवान नृसिंह जन्मोत्सवको उपलक्ष्यमा सनातनीहरु प्रति धेरै चिन्ताजनक अभिव्यक्ति दिएका छन् ।
करिब १३२ वर्षको लामो इतिहास बोकेको बिरगंज स्थित पिपरा मठ, भगवान नृसिंह को एतिहासिक मन्दिर बारे आफ्ना विचार व्यक्त गर्दै हिन्दु सनातनीहरु तथा संबंधित निकाय लाई तिवारीले ध्यानाकर्षण गराउन चाहेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालमा यो मठ सनातन सभ्यताको एउटा ठूलो धरोहरको रूपमा स्थापित रहेको छ। बि. सं. २०३७ सालमा नेपालमा विश्व हिन्दु महासंघको प्रथम एतिहासिक स्थापना पनि यस पिपरा मठमा नै भएको थियो । हिन्दु सनातनीहरुको मौनताका कारण सरोकारवाला गैरजिम्मेवार भएको तिवारीले वताए ।

Karaiya Mai Notice Winter

भनिन्छ बिगतमा यस मठको साख (रुत्वा) नेपालमा मात्रै नभई भारतमा समेत थियो। बिगतमा यस मठमा २१४ बिगहा १२ कठ्ठा ६ धुर जग्गा रहेको थियो र यहाँ २ वटा हात्ती, २ वटा धोडा तथा एउटा गैशाला हुने गर्थ्यो। दैनिक रूपमा भजन, किर्तन गर्न विभिन्न अन्य मठ एवम् मन्दिरहरु बाट साधु, महात्मा र सन्तहरु निरन्तर यस मठमा आउने र बस्ने गर्दथे भने इतिहास रहेको दर्शाएका छन्।

तर आज यो एतिहासिक मठ जिर्ण परिस्थितिमा पुगेको हेर्दा सार्है चित्त दुखेको तिवारीले आफ्ना अभिव्यक्ति दिएका छन्। नेपाल हिन्दु राष्ट्र बाट धर्म निरपेक्ष राष्ट्र भए पश्चात् देखि नै यो एतिहासिक मठको स्तर दिनानुदिन क्रमशः घट्दै गएको बताए। बिगतमा २१४ बिगहा १२ कठ्ठा ६ धुर जग्गा भएको यो मठमा आजको दिनमा भने ५ बिगहा १० कठ्ठा मात्रै बाकी रहेको तिवारीले बताए।

अहिले यस मठको परिदृश्यले धेरै प्रश्नहरु खडा गरेको छ। आखिर यो कमि कमजोरी कसको हो त…? सरोकारवाला पक्षहरुले गम्भीरतापूर्वक यसबारे छलफल गर्न आवश्यक देखिन्छ। भगवान नृसिंह जन्मोत्सवको शुभ उपलक्ष्यमा सम्पूर्ण सनातनीहरुमा भगवान नृसिंहले विश्वको कल्याण गरून भनी तिवारीले हार्दिक बधाई एवम् शुभकामना समेत दिएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश