CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको उदघाटन

फेटा GP PSA
1,912
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा// सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको उदघाटन भएको छ । उजवल नेपाल कम्प्युटर इन्स्टिच्युटको आयोजना तथा माननीय महमद समिर को सहयोगमा संचालन भएकोको छ। विध्यार्थीहरुको उजवल भविष्य को लागि शिक्षानै जीवनको ज्योतिहो, शिक्षानै देशको मेरु दण्ड हो, भने मूल उदेश्यले शिक्षा लाई विशेष ध्यान दिदै कक्षा संचालन गरिएको छ। बारा जिल्लाको सदरमुकाम कलैया को कलैया इन मा उद्घाटन गरिएको छ। बाराजिल्ला भरिका करिब ८० जना विध्यार्थिहरु लाइ ४५ दिन सम्म पठन पाठन गराउने आयोजक संस्थाका संचालक दिपेश कर्णले जनाएका हुन्। उज्वल नेपालका महमद फोरोज आलमको अध्यक्षता तथा माननीय माहमदको प्रमुख आतिथ्यता एवं निम्स इन्स्टिच्युट्का अजय यादव को विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाराका प्रदेश सभा सदस्य प्रमुख अतिथि महमद समिरले आफ्नो शुभकामना दिनेक्रममा उपस्थित रहेका सबै बिध्यार्थी हरुलाई शिक्षामा दिएर आफ्नो नाम कमाउनु को साथै यो जिल्लाको पनि नाम उचो गर्न लाइ आग्रह गरेका हुन् । शिक्षा नभए केहि गर्न सकिदैन आखा भएर पनि अन्धो हुन्छन त्यस कारण आफ्नो उज्वल भविष्य का लागि यो कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम को श्रोत को बारेमा धेरै कुराको पोल खोलेका थिए। आयोजना गरिएको कार्यक्रम को लागत म आफ्नो विधायाको कोष बाट दिएको हो जुन मेरो खल्तीको पैसा छैन, यो तपाइँ हरुको करको पैसानै हो । मानवको लागि शिक्षा र स्वास्थ्य नै उसको मूल आवस्यकता रहेकोले विशेष गरि शिक्षामा ध्यान दिएर अगाडी बधनालाई आग्रह गरेका थिए । नेपाल हाम्रो कृषि प्रधान देश नभएर अहिले श्रम प्रधान देश भएको टिपनि गरेका थिए । पढ्ने बेलामा पढाइमा ध्यान न दिएकोले खाडी मुल्कमा गएर श्रम गर्नुपरेको र सरकारले पनि शिक्षा प्रति इमान्दार नभएकोले आजको समयामा सरकारी स्कुल हरुको अवस्था दिनानु दिन कम्जोर हुदै गएको कुरा उलेख गरेका थिए । निजि विध्यालय बन्द गर्ने बारेमा आलोचना गर्दै सरकारको बारेमा एउटा शायारी (भ्रष्टाचार गरे ठुलो महल हुन् सक्छ, बन्द गरौ आजै अर्को पहल हुन् सक्छ, जनताको कर विकासमा लगानी भयो भने देशको समस्या हाल हुन् सक्छ भन्दै अर्को कटाक्ष गरेका थिए।

कार्यक्रममा अतिथिको रुपमा अजय चौधरी, अनिल, रमेश साह, सगीर, अजय कुशुवाह, दिगम्बर यादव, लगायतका शिक्षक हरु ताहा इन्टरनेशनल प्रेस क्लबका केंद्रिये ससचिव एवं सी आइ एन नेपालका संचालक अनिल वर्मा, भोजपुरी टाइम्स दैनिक का बारा सम्बादाता प्रभु यादव, तहल्का ओन्लाइन खबरका संचालक रंजित यादव लगायतका सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश