CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मान्छे मारेर सान्सद बन्न पाउने तर शिक्षकले अधिकारको लागि आन्दोलन गर्न किन नपाउने : युवा नेता रौनियार

फेटा GP PSA
2,196
सिम्रौन्गढ़ नपा psa

बारा,// विभिन्न माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि प्रहरी र शिक्षकहरुबीच झडप भएको हो । प्रहरीले आन्दोलन निस्तेज पार्न पानीको फोहोरा र अश्रुग्यास हानेपछि । शिक्षकहरुले नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए ।

प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । मुलुकभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत रहेको बताइएको छ । यसअघि सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दी सिर्जना गरेर राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । तिनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु आन्दोलनरत छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

देशै भरी करिब चालीस हजार को संख्या मा रहेका राहत शिक्षक हरु ले काठमाडौ मा आइतबार देखि प्रदर्शन मा उत्रीएको बेला नेपाल् सरकार का शिक्षा मन्त्री गिरिराजमणिले शिक्षक हरु पढाउने हो आन्दोलन गर्ने होइन भनी दियेको अभिव्यक्ति को बिरोधमा नेपाली काङ्ग्रेस का युवा नेता तथा नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार ले कडा आपती जनाएका छन। आपति जनाउदै रौनियार ले भने यस्ता नेता र मंत्री जो संग विवेक नै हैन भने हाम्रो देशमाथि नै प्रश्न चिन्ह खडा हुन्छ कि हाम्रो देश सुन्दर शान्त विशाल देश कसरि चल्छ। देशको नाम नै गुमनाम हुन् पुग्छ । यस्तो अवस्थामा जनता कसरि आफ्नो देशमा बाच्न सक्छ? आफै आफ्नो देशमा छु कि कुनै अर्को देशमा भन्ने आफैलाई सोध्ने प्रश्न हुन्छ । कित त्यो जनता यो देश को हैन नत्र त्यो नेतानै अरुको इशारामा चलेको हो भन्ने कुराको गम्भीर आरोप समेत लगाएका हुन्।

राहत हरु को माग प्रती सरकार गम्भीर बनेर उनिहरु को माग लाई सम्बोधन गर्न सुझाव दिनु भयो। साथै गिरिराज मणि ले आफ्नो धरातल नभुल्न पनि चेतावनी उहाले दिनु भयो उहाँ हरु ले मान्छे मारेर सान्सद र मन्त्री हुन पाउने तर आफ्नो पेशागत हक र अधिकार को लागि राहत शिक्षकहरु ले आन्दोलन पनि गर्न नपाउने कस्तो लोकतन्त्र हामिले ल्याएका हौ रौनियार ले प्रती प्रशन गर्नु भयो। देशको नाम नै गुमनाम हुन् पुग्छ । यस्तो अवस्थामा जनता कसरि आफ्नो देशमा बाच्न सक्छ? आफै आफ्नो देशमा छु कि कुनै अर्को देशमा भन्ने आफैलाई सोध्ने प्रश्न हुन्छ । कित त्यो जनता यो देश को हैन नत्र त्यो नेतानै अरुको इशारामा चलेको हो भन्ने कुराको गम्भीर आरोप समेत लगाएका हुन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश