CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सेमिनार कार्यक्रमको सम्पुर्ण तयारी पुरा

फेटा GP PSA
1,896
सिम्रौन्गढ़ नपा psa

वीरगंज ।।  वीरगंजमा शनिबार हुने प्रेरणात्मक तथा जिवन परीवर्तन सम्बन्धि सेमिनार कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भएको छ । लायन्स र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा हुन थालेको सेमिनार कार्यक्रमको लगभग सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक लायन छेदुप लामाले जानकारी दिए । वीरगंज आर्दशनगर स्थित रहेको नगर सभागृहमा हुने सेमिनारमा नेपाली एवं अन्तराष्ट्रिय मोटभेसन्ल स्पिकरले प्रशिक्षण दिने लियो क्लब अफ वीरगंजका लियो रिसभ अग्रवालले जानकारी दिए ।

Karaiya Mai Notice Winter

सेमिनारमा नेपाली स्पीकर रमन नेपाली, रहबर अंसारीले सहभागीहरुलाई प्रशिक्षण दिने लियो क्लब अफ वीरगंजका सचिव मेराजुल हवारीले बताए । प्रेरणात्मक तथा जिवन परीवर्तन सेमिनार मार्फत जिवनमा सकरात्मक परीवर्तन हुने भएकाले सेमिनार कार्यक्रमको आयोजना गरीएको लियो क्लब अफ वीरगंजका पुर्व अध्यक्ष दिपेन्द्र यादवले बताए ।शनिबार बिहान साढे १० देखि ३ बजे सम्म हुने कार्यक्रममा प्रवेशका लागी ३ सयको टिकट लाग्ने लियो क्लब अफ वीरगंजका पुर्व अध्यक्ष लियो सरीता खड्कीले बताईन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश