गणेश कुमार शर्मा,सिरहा। प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिरहा कल्याणपुर नगरपालिका ११ स्थित ईलाका प्रहरी कार्यालय कल्याणपुरको नवनिर्मित कार्यालय भवनको शुक्रवार आयोजित एक कार्यक्रमबीच उदघाटन गरिएको छ । उनले नागरिक समाजले शान्ति सुरक्षाको बारेमा चर्चा र सरोकार मात्रै राखेर नहुने भन्दै शान्ति सुरक्षा कायम गर्ने सबालमा नागरिक समाजको सहभागिता आवश्यक रहेको स्पष्ट गरे ।
नागरिकको सक्रिय सहभागिता विना प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न कठिन रहेको समेत उनले बताए । सो कार्यक्रममा बोल्नु हुँदै प्रहरी नायव महानिरीक्षक पालले महिला, वालवालिका र जेष्ठ नागरीक उपर हुने अपराधका घट्नाहरुमा संवेदनशिल हुन र सामाजिक विकृति विसंगतिहरुको विरुद्ध सम्पूर्ण एकजुट भई सहकार्य गरी प्रहरीलाई आफ्नै परिवार र समाजको अभिन्न अड्गको रुपमा लिई सँगसँगै हिडाई प्रहरी सेवा लिनु पर्ने बताउनु हुनका साथै समुदाय प्रहरी साझेदारी अभियानलाई सार्थक बनाउन सबैको सहयोग मिल्ने बिश्ववास समेत ब्यक्त गर्नु भयो । साथै सो अवसरमा भवन निर्माण कार्यमा उल्लेख्य सहयोग पुर्यानउने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र बितरण गर्नु हुनका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
निर्देशनमा नयाँ सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा अझ बढी जिम्मेवार र लगनशिल भै कार्य क्षमतामा बिकास गर्दै प्रहरी जनताको सेवक हो भन्ने कथनलाई पुष्टि हुने गरी काम कार्वा्हि गर्नु पर्ने र नेपाल प्रहरीले सबै खाले अपराध र भ्रष्टाचारका विरुद्धमा शुन्यसहनशिलताको निति अवलम्बन गर्दै आईरहेको हुँदा सँगठनको निति अनुरुप कार्य गर्न र सेवाग्राहीसँगको बोली ब्यबहारमा आदार सम्मान र शिष्टतापूर्वक प्रस्तुत भई निष्पक्ष पारदर्शी भई कानुनि कठोरता अपनाउनु पर्ने बताउनु भयो ।कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सिरहा कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित ५ कट्ठा क्षेत्रफलको जमिनमा शान्ति मन्त्रालयको मुल्य अभिबृद्धि करसहित २ करोड २ लाख ४३ हजार ४ सय ४१ रुपैयाँको लागतमा निर्माण भएको भवनको विधिवत उद्घाटन गरिएको छ ।
कार्यक्रममा अतिरिक्त प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल, प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेल,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनाल, कल्याणपुर नगरपालिकाका मेयरसूर्यनाथ मण्डल ,उप मेयर रोहिनी यादव लगायत स्थानिय निकायका पदाधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, विभिन्न राजनैतिक दलका पार्टि प्रतिनिधिहरु, स्थानिय सर्वसाधरण शिक्षक तथा विधार्थीहरु, बुद्धिजीवि तथा समाजसेवीहरु, सञ्चारकर्मीहरु तथा उद्योगी व्यापारीहरु, प्रहरी अधिकृत तथा जवानहरुको समेत ४०० जनाका लगाएत सहभागिता रहेको थियो ।