CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनता भन्दा बढी प्रहरी पिडित : पुर्व एसपी बस्नेत

फेटा GP PSA
874
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा। 

जनता भन्दा बढी पीडित प्रहरी रहेको पुर्व एसपी दिलिप बहादुर बस्नेतले आफ्नो अभिव्यक्ति दिएका हुन। सामुदायिक रेडियो (रेडियो तराई ) १०७ मेगाहर्जको साझा निगरानी कार्यक्रममा बस्नेतले जनताको सेवामा अहोरात्र खट्ने प्रहरी संग सरकारले सौतेनी आमाको व्यवहार गरेको उल्लेख गरेका हुन। पहिलाको तुलनामा अहिले सरकारले प्रहरी लाई आफ्नो राजनीतिक हतियार बनाएर आफ्नो स्वार्थ सिद्ध मात्र गरिएको आरोप लगाएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

२५ वर्षमा प्रहरीको जागिरमा जाने तर ५५ वर्ष पुग्ने बितिकै जागिर छोडनु पर्ने हुन्छ तर अरु जागिरमा १८ वर्षमा जागीर प्रवेश गरि ६० वर्ष सम्म जागीर गर्ने मौका पाउछ। त्यसमा पनि प्रहरीले आफू योग्य भए तापनी उसको योग्यता देखाएमा राजनीतिको शिकार हुने गरिन्छ। त्यसले गर्दा प्रहरीको मनोबल अत्यन्त कमजोर भएर काम गर्ने प्रक्रिया फरक भएको देखिन्छ जसको फलस्वरूप जनता अन्यायमा पर्ने गरेको पनि देखिन्छ। त्यसकारण जनता र प्रहरी बिच निकै नै नराम्रो सम्बन्ध भएको कतिपय घटना हरुले दर्शाएको जन्ताले महसुस गरेका छन् ।

रेडियो तराईका कार्यक्रम संचालक अनिल वर्मा संगको प्रश्नको जवाफमा बस्नेतले सिधा कुरा गर्दै भने सरकारले आफ्नो बाटो विराएर देशको बाटो खाल्डोमा धकेलिरहेको बताए। प्रहरी प्रशासन लाई गलत प्रयोग गरि जनता संग खेल्वाड गरेको आरोप लगाए। बस्नेत राजाबादी शक्ति पुनरस्थापना केन्द्रका पनि सक्रिय कार्यकर्ता रहेका हुन। हालको अवस्थामा जनताको मतको गलत फाइदा उठाउदै नेपाल सरकारले जनताको रगतमा राजनीति गरि रहेको बस्नेतले कार्यक्रममा आफ्नो अभिव्यक्ति दिएका हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश