CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सर्लाही टिम लाई हराउदै सस्शत्र प्रहरीको APF क्लब दुई नम्बर वाहिनी, बर्दिबास विजयी

फेटा GP PSA
1,828
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव बारा,फाल्गुन २५ ।। करैयामाई गाउपालिकाको पञ्चगछीया खेल मैदानमा भएको तेश्रो पिपरा गोल्डकपमा आज भएको अन्तिम खेलमा सर्लाही ११ ,सर्लाही टिम लाई हराउदै सस्शत्र प्रहरीको APF क्लब दुई नम्बर वाहिनी,बर्दिबास विजयी भएको छ ।

निर्धा्िरत समयमा दुबै टिमबाट कुनै गोल नभएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरको खेलमा ४–२ को विरुद्ध सर्लाही ११ टिम लाई पछाडी पार्दै सस्शत्र प्रहरीको APF क्लब बर्दिबास २०७५को गोल्डकप हाथ पारेको छ । करैयामाई गाउँपालिका का प्रमुख भुनेश्वर धामीले विजेता टिमलाई गोल्डकप सहित रु १ लाख पचास हजार प्रदान गरेका छन् । खेलमा दोश्रो हुने सर्लाही ११ टिम लाई ट्रफी सहित ७५ हजार रुपैया प्रदान गरेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भएको फाइनल खेलमा APF क्लब बर्दिबासका मोहन खड्का म्यान अफ दि म्याच घोषित भए । खड्कालाई पुरस्कार स्वरुप ट्रफी प्रदान गरिएको छ । आफ्नै टिमको कमजोरीले हार ब्यहोर्नु परेको सर्लाही ११ का कोच रोजित के।सिले बताए । गोल गर्न धेरै अवसर आफ्नो खेलाडीले गुमाएको कुरा के।सिले भने । व्यवस्थापनमा धेरै नै कमजोरी भएको गुनासो के।सिले गरे । अगामी वर्षमा व्यवस्थापन सुधार गरि खेल खेलाउन सुझाव आयोजकलाई के।सिले दिए ।

Karaiya Mai Notice Winter

अति संबेदन शिल मेडिकल र पानी खेल मैदानमा पुर्याउनमा पनि ढिलासुस्तीले गर्दा खेलाडी आफ्नो ज्यानलाई जोखिममा राखि खेल खेलेका हुन्, कोच के।सिले भने । विजेता टिमका कोच पनि व्यवस्थापनमा अधिक कमि भएको गुनासो गरे । ज्यानको जोल्हीम मोलेर खेल्न आएका खेलाडीलाई जानको लागि भाडामा पनि अतिनै किचकिच गरेकोले असन्तुस्ट देखिएको थियो ।

खेलको समापन समारोहमा केही त्रृटी देख्दा “काम गर्ने कालु मकै खाने भालु” भनी केही पत्रकारले भनेका छन् । मायाको चिनो प्रदान गर्दा विभेद भएको पत्रकार महेन्द्र सहनीले बताए । आफु सँधै खेलको रिपोर्टिङ्ग गर्दै आइरहेको देखिएर पनि कुनै मायाको चिनो नपाएको तर कहिल्यै मुख हेराउन पनि नआएको पत्रकारको मायाको चिन्होलाई थन्काएर राखिएको एक रेडियोका सम्वादाता दिपेन्द्र जैसवालले गुनासो गरे ।

आउदो दिनको वेवास्ता गर्दै बिभिन्न कुराहरु लाई नजर अन्दाज गर्दै आफ्नो गोजी सुरक्षित गर्न लाइ मात्र लागेको असन्तुस्ट संचारकर्मी हरुको भनाइ रहेको थियो । ४८ लाखको लागतमा कार्यक्रम सम्मन्न भएको श्रृजनशिल युवा क्लबका अध्यक्ष बृजमोहन चौधरीले जानकारी गराएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश