CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शकिल अख्तरको अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै

फेटा GP PSA
1,925
सिम्रौन्गढ़ नपा psa

हरेन्द्र साह, रौतहट ।। रौतहटको निर्वाचन क्षेत्र नंम्बर २ मा पर्ने राजपुर नगरपालिकाका नगर प्रमुख मो. शकिल अख्तरले नगरबासीको जिविकोर्पाजन लाई उकालो पार्ने क्रममा लगातार नयाँ र नौलो प्रयास जारी राखेका छन् । सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद साह र नगर प्रमुख अख्तरको पहल र प्रयासमा शनिवार निशुल्क आँखा शिविर संचालन भएको छ । नगर क्षेत्र भरीका ५ सय स्थानियलाई लक्षित गरी संचालन गरिएको सो शिविरमा शनिवार मात्र करिब ३ सय आँखाका बिरामीले चेकजाँच गराई निशुल्क औषधि र चश्मा पाएका छन् भने पहिलो दिनको शिविर बाट शल्यक्रियाका लागी छनौट भएका करिब १ सय जनाको शिविर पश्चात शल्यक्रिया हुने आयोजक संस्थाका अध्यक्ष प्रविण टिबडेवालले जानकारी दिएका छन् ।

Karaiya Mai Notice Winter

राजपुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत जगत प्रसाद साहले आँखा शिविरले प्रत्यक्ष रुपमा लाभान्वित भएको हेर्दा अतयन्तै खुशि लागेको कुरा बताउनु भएको छ । शिक्षा, स्वास्थ र विकासको दृष्टिकोणले अत्यन्तै पिछडिएको राजपुर नगरपालिकामा नयाँ आयामको शुरुवात भई सकेकोले आफ्नै पालामा सो नपाको काया पलट गराई छाडने नगर प्रमुख शकिल अख्तरले प्रतिबद्धता गरेका छन् । शिविरको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अख्तरले सो नगरको वृद्धवृद्धाको स्वास्थ सुधारका लागी जुनसुकै किसिमको सहयोग र लगानी गर्न राजपुर नगरपालिका तयार रहेको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश