CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगर प्रमुख यादवद्वारा प्रदेशकै नमुना सार्वजनिक डिलक्स शौचालयको समुदघाटन

फेटा GP PSA
2,376
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव ,बारा //  प्रदेश नं. २ कै नमुना वातानुकुलित (एसी) भएको सार्वजनिक डिलक्स शौचालयको गढीमाई मन्दिर परिसरमा एक कार्यक्रमका बिच महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले समुदघाटन गरेका छन । शौचालयको समुदघाटन गर्दै नगर प्रमुख यादवले गढीमाईलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि सुविधा सम्पन्न शौचालयको निमार्ण गरिएको बताए । नगरपालिकाको दुई वर्षीय योजना अन्र्तगत निमार्ण गरिएको सुविधा सम्पन्न सार्वजनिक डिलक्स शौचालयको नगर प्रमुख यादवले मंगलबार समुदघाटन गरेका हुन ।   ४८ लाखको लागतमा निमार्ण भएको शौचालयमा वातानुकुलित (एसी) जडान गरिएको छ ।

Karaiya Mai Notice Winter

उनले गढीमाई मन्दिरमा दर्शन गर्न आउने आन्तरिक तथा बाहय पर्यटकको लागि शौचालयको अपुग भएको अवस्थामा नगरपालिकाद्वारा बजेट विनियोजन गरी सुविधा सम्पन्न शौचालयको निमार्ण गरिएको हो । नगर प्रमुख यादवले भने सुविधा सम्पन्न शौचालयले गढीमाईमा आउने पर्यटकहरुको लागि आज देखि सहजता प्रदान हुने विश्वास व्यक्त गरे । मन्दिर एरियामा स्वच्छ वातावरण निमार्ण गर्नको लागि शौचालयको निमार्ण गरिएको नगर प्रमुख यादवले भने जुन पहिला पर्यटक दर्शनार्थीहरुलाई शौचालय जानको लागि कठिनाई भोग्नु परीरहेको थियो, आजको दिन देखि सहजता मिल्नुको साथै एसी भएको शौचालय नमुना कै रुपमा निमार्ण गरिएको छ, जुन व्यवस्थित तरिकाले सञ्चालनको लागि गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिलाई हस्तनान्तरण गरेको छु ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समुदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल वडा अध्यक्ष सुदामा साह कानु, विरेन्द्र चौरसिया, उपेन्द्र जयसवाल, गजेन्द्र जयसवाल, सञ्चालन विकास समितिका अध्यक्ष रामचन्द्र साह, सचिव मोतिलाल कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश