CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

वातावरण जिउने आधार संस्थाकाे शाखाहरूकाे नयाँ कार्यसमिती चयन

Pheta Chhath Shubhakamana
1,553
Bara Gadhi Notice winter

वीरगञ्ज : वातावरणकाे संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा काम गर्ने संस्था वातावरण जिउने आधारले देशैभरि फैलिएका शाखा सञ्जालहरूकाे नयाँ कार्यसमिती चयन गरेकाे छ ।

संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चाैहान तथा केन्द्रिय उपाध्यक्ष रूपक पटेलकाे अध्यक्षतामा शनिबार बसेकाे बैठकले वीरगञ्ज, जनकपुर, पाेखरा र काठमाण्डाै शाखाका लागी नयाँ कार्यसमिती चयन गरेकाे हाे ।

वीरगञ्ज

प्रसौनी गापा सामाजिक संदेश ०७८

संस्थाकाे वीरगञ्ज शाखाकाे अध्यक्षमा राेहित वर्णवाल, उपाध्यक्षमा साैरभ वर्णवाल, सचिवमा गरिमा पाण्डे, सह सचिवमा दिपु वर्णवाल, काेषाध्यक्षमा माे. नवाज, सहकाेषाध्यक्षमा सुशिला पाैडेल, जन सम्पर्क अधिकारीमा मयन्क राैनियार, कार्यक्रम संयाेजकमा पवन पटेल र याेजना प्रबन्धकमा प्रभाकर चाैरसिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै क्षेत्रिय संयाेजकमा आशुताेष चतुर्वेदी, पर्सा जिल्ला संयाेजकमा राजन राैनियार, सहसंयाेजकमा विकाश चाैहान पनि कार्यसमितीमा परेका छन् ।

जनकपुर

जनकपुर शाखाकाे अध्यक्षमा प्रशान्त सिंह, उपाध्यक्षमा काजल झा, सचिवमा शुभम साह, सहसचिवमा आकाश ठाकुर, काेषाध्यक्षमा सिमा कुमारी यादव, कार्यक्रम संयाेजकमा रजत कायस्थ र सदस्यमा अलंकार कुमार यादव सर्वसम्मत चयन भएका छन् ।

काठमाण्डाै

संस्थाकाे काठमाण्डाै अध्यक्षमा दिपेश पाेखरेल, उपाध्यक्षमा श्रेया बज्रराचार्य, सचिवमा श्रेया कँडेल, सहसचिवमा आयुष्मा वाग्ले, काेषाध्यक्षमा रित काफ्ले, कार्यक्रम संयाेजकमा किश्मत मियाँ र जनसम्पर्क अधिकारीमा निश्चल घिमिरे सर्वसम्मत चयन भएका छन् ।

पाेखरा

Karaiya Mai Notice Winter

पाेखरा संस्थाकाे अध्यक्षमा सुन्दर श्रेष्ठ, उपाध्यक्षमा दिपेन्द्र भण्डारी, सचिवमा विनाेद पराजुली, सहसचिवमा लाेकराज थापा मगर, काेषाध्यक्षमा अनिषा ओझा, कार्यक्रम संयाेजकमा साम्राज्य सुवेदी कल्पना गहतराज, लाेजिस्टीक प्रबन्धकमा उमेश शर्मा र जन सम्पर्क अधिकारीमा किशाेर गिरी सर्वसम्मत चयन भएकाे संस्थाका केन्द्रिय सचिव रवि यादवले जनाएका छन् ।

वातावरणकाे संरक्षण र संस्थाकाे हक हितमा काम गर्न नयाँ कार्यसमितीलाइ संस्थाका केन्द्रिय पदाधिकारीहरूले शुभकामना दिएका थिए ।

संस्थाले पर्यावरण काे हित तथा संरक्षणका लागि विभिन्न याेजनामा निरन्तर काम गरिरहेकाे जनाएकाे छ।

संस्थाले हाल वीरगञ्ज महानगरकाे सडकपेटिमा गरिएकाे वृक्षाराेपण बारे अध्ययन गरिरहेकाे छ ।

त्यस्तै आगामी शनिबार देखि पर्साकाे श्रीसिया नदीकाे संरक्षणका लागि बनाएकाे याेजनामा काम सुरू गर्न लागेकाे छ ।

यसैबिच निजगढमा बन्न लागेकाे अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माणका क्रममा वातावरणमा हुने क्षती बारे उचित अध्ययन गर्न संस्थाले सरकारलाइ आग्रह गरेकाे छ ।

देशमा दजर्नभन्दा बढी ठुला आयाेजनाहरू अलपत्र परिरहेकाे बेलामा विमानस्थलकाे निर्माण समयमा सम्पन्न हुने ग्यारेन्टीका साथ निर्माण सुरू गर्न संस्थाले अपिल गरेकाे छ ।

“निर्माणका नाममा लाखाैँ वृक्ष कटान गर्ने र त्यसपछि निर्माण अलपत्र पार्ने, यसाे हुनुहुँदैन ।” संस्थाका राष्ट्रिय अध्यक्ष चाैहनले भने “अथवा विमानस्थलकाे निर्माण अन्तै सार्न पनि सकिन्छ ।”

नगर क्षेत्रमा राेपिएका बाेटबिरूवाहरूकाे रक्षा तथा वातावरणीय प्रदुषण नियन्त्रणका लागि संस्थाकाे पहलमा ग्रिन आर्मी तयार हुँदैछ । ग्रिन आर्मीले बाेटबिरूवाकाे संरक्षण, अपरिहार्यता र वातावरणीय प्रदुषण नियन्त्रणका लागि जनचेतना फैलाउने काम गर्नेछ ।

Baiju sah