CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भवन शिलान्यास तथा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियानको शुभारम्भ

फेटा GP PSA
2,074
सिम्रौन्गढ़ नपा psa

 राजेश कुमार शर्मा। १ नम्बर प्रदेश सरकारबाट बिनियोजित बजेटबाट निर्माण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सुबिधा सम्पन्न नयाँ भवनको शिलान्यास भएको छ । नयाँ निर्माण हुन लागेको कार्यालय भवनको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज एक कार्यक्रमका बिच शिलालेख अनावरण गरि बिधिवत रुपमा शिलान्यास गर्नु भएको हो । बिर्तामोड नगरपालिका-३ स्थित निर्माण हुन लागेको नयाँ भवनको लागि बिर्तामोड नगरपालिकाले ६ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । साथै सोही अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक दुर्घटना न्यूनिकरणको लागि १५ दिने महाअभियानको समेत शुभारम्भ भएको छ ।

Karaiya Mai Notice Winter

उक्त कार्यक्रमको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक समारोहका विच पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालको अगुवाईमा १ नम्बर प्रदेश अन्तर्गतका १४ वटै जिल्लामा सवारी साधन र परिचालकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बनाई सडक सुशासन कायमको लागि १५ दिने महाअभियान कार्यक्रमको आयोजना गरिएको हो । बिर्तामोड नगरपालिका-५ मुक्ती चोकमामा आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत प्रभातफेरी समेत गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा बिभिन्न संस्थाहरुद्वारा ट्राफिक प्रहरीलाई मोटरसाईकल-१० थान, ब्रेथलाईजर-१० थान, व्हील लक-१० थान र चालक/ परिचालकको लागि ७ सय थान पोशाक समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी लगायत प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी, बिभिन्न संघ-संस्थाका पदाधिकारी, स्थानीय बिद्यालयका शिक्षक, बिद्यार्थी, सवारी चालक, सह-चालक, संचारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी र स्थानीय सहित अन्दाजी १ हजार भन्दा बढिको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश