CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

स्वास्थ्य, शिक्षा, कृषि र सडकलाई प्राथमिकता सुवर्ण गापाको पाचौ निति तथा कार्यक्रम प्रस्तुत

फेटा GP PSA
627
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

स्वास्थ्य, शिक्षा, कृषि र सडकलाई प्राथमिकतामा राख्दै सुवर्ण गाँउपालिकाको पाचौ निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। आ.व.२०७७।७८ को ३६ करोड ५८ लाख २३ हजार ६ सय ९० रुपैयाको बजेट प्रस्ताव गरेका छन् । संघिय वित्तीय समानीकरण तर्फ रकम रु. १० करोड ४१ लाख, संघिय राजश्व बाँडफाँड तर्फ रकम रु.६ करोड ९९ लाख ५५ हजार ६ सय ९०, संघिय सर्शत अनुदान तर्फ रु.१४ लाख ८१ हजार, आन्तरिक राजश्व तर्फ रु.२० लाख, बहुक्षेत्रिय पोषण तर्फ रु.१५ लाख, गत बर्षको नगद मौजदात तर्फ रु.२ करोड, प्रदेश वित्तीय समानीकरण तर्फ रकम रु. ७१ लख ६८ हजार, प्रदेश सर्शत अनुदान तर्फ रु.८० लाख, प्रदेश विशेष अनुदान तर्फ रु ३० लाख र प्रदेश समपुरक अनुदान रु २० लाख समेत गरी रु ३६ करोड ५८ लाख २३ हजार ६ सय ९० रुपैया प्रस्ताव गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

    नीति तथा कार्यक्रम, आर्थिक विकास

  • १. प्रमुख बालीहरुको उत्पादनमा आत्मनिर्भर हुने नेपाल सरकारको नीतिलाई आत्मसात गर्दै कुलो सिँचाई, मलखाद, बीउ विजनको उपलब्धतामा सकारात्मक सुधार गरिनेछ । कृषि तथा पशुजन्य उत्पादन प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता साथ कार्यान्वयन गर्दै आर्थिक तथा सामाजिक रुपले पछि परेका कृषकहरुको केन्द्रित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपले सञ्चालन गरिनेछ । कृषि सडकको निर्माण तथा कृषि विद्युतिकरण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।कृषि तथा पशुपालन उत्पादनलाई प्रोत्साहन गर्न सुवर्ण उत्कृष्ट कृषक पुरस्कार र सुवर्ण उत्कृष्ट पशुपालन पुरस्कार स्थापना गरिनेछ।
  • २. आर्थिक विकासको महत्वपूर्ण आधार आर्थिक क्रियाकलाप हो । नयाँ संरचना निर्माण सँगै यस क्षेत्रको आर्थिक क्रियाकलापहरुमा उल्लेख्य बृद्धि हुने निश्चित छ । कृषि तथा अन्य गैर कृषि जन्य उत्पादन बृद्धि गर्न विषादि मुक्त प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरी आर्थिक तथा वित्तिय कारोबारहरुलाई व्यबस्थित एवं अनुशासित बनाउँदै यस क्षेत्रको उच्च आर्थिक बृद्धि हासिल गर्ने नीति लिईनेछ ।
  • ३. गाउँपालिका क्षेत्रमा वैँक तथा वित्तिय संस्थाहरु सञ्चालनमा आइसकेको अवस्थामा गाउँ स्तरमा विभिन्न समुह मार्फत वचत गर्ने वानी बसाल्ने, ऋण लिएर लगानी गर्ने लगायतका कार्यमा सहजता ल्याउन स्थानीय स्तरमा नीति लिइनेछ । वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको जीवनस्तरमा सुधार गर्ने तर्फ पहल गरिनेछ । बैकिङ्ग तथा वित्तिय क्षेत्रको विकास गरिनेछ ।
  • ४. सहकारी संस्था मार्फत जनताको जिवन स्तर उकास्न आवश्यक व्यवस्था गरिनेछ । सहकारी नीति मार्फत सहकारी संस्थाको नियमन गरिनेछ । सहकारी सम्बन्धीथप कान७३घढसन निर्माण प्रक्रियालाई अगाडी बढाइने छ। जथाभावि सहकारी गठन ह७३घढसने प्रवृतिलाई अन्त्य गरि आवश्यकता र औचित्यतामा आधारित भई गठन गर्ने निती अवलम्वन गरिने गर्ने लगायतका नीतिहरु रहेक उलेख गरिएको छ।

निति तथा कार्यक्रम प्रस्तुत महेन्द्र यादवको अध्यक्षता तथा प्रदेश सभा सदस्य बच्चा प्रसाद यादवको प्रमुख आतिथ्यतामा गापा उप-प्रमुख बबिता देवी यादवले गरेकी थिन। सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीबास्तवले स्वागत गरेका थिए भने कार्यक्रम संचालन जगत यादवले गरेका थिए । कार्यक्रममा गाउपालिकाका सबै कर्मचारी एवं सबै जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Baiju sah