CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

न्युरौ हस्पिटलको चिकित्सकै लापर्वाहीले डेढ वर्षदेखि ओछ्यानमै

फेटा GP PSA
860
सिम्रौन्गढ़ नपा psa

सिरहा, ७ असार । सिरहाको धनगढीमाई नपा ८ का प्रदिप यादव पछिल्लो डेढ वर्षदेखि ओछ्यानमा छन् । दुर्घटनामा परी भाचिएका खुट्टाको उपचारमा लापर्वाही भएर निको नभएपछि उनी लामो समयदेखि ओछ्यान परेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनता माध्यमिक विद्यालय धनगढीमाई नपा ७ अयोध्यानगरका प्राथमिक शिक्षक यादव विद्यालयबाट गोलबजार आउने क्रममा २०७७ पुस २४ गते मोटरसाइकल दुर्घटनामा परी बाँया खुट्टा भाँचियपछि हिडडुल गर्न नसक्ने भएका हुन् ।

दुर्घटना भएकैदिन स्थानीय स्वास्थ्यकेन्द्रमा प्राथमिक उपचार पछि यादवले विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टि एक्सप्यासीटिलिटी हस्पीटल प्रा.लि. मा ९ महिना सम्म भाँचिएको खुट्टाको उपचार गराए । भर्ना भएकै भोलिपल्ट अप्रेशन गरेर उपचार सुरु गरएका यादवले लगातार ९ महिना सम्म विश्वासमा उपचार गराई करिव ९ लाख खर्च गरे ।

उपचारको शिलशिलामा २०७६ कार्तिक ७ गते विराटनगर पुग्दा उपचार गरिरहनुभएको डा. नविन कुमार कर्णले भाँचिएको हाड ठिक भएको भन्दै मासु भराउन किर्तिपुर जान साल्ला दिएको यादवले बताए ।  डा. कर्णकै सल्लाह अनुसार कार्तिक १४ गते किर्तिपुर पुग्दा त्याँ हाड नै काम नलाग्ने अवस्थामा पुगेको भनेपछि म छाँगाबाट खसेजस्तै भए, यादवले सुनाए ।

त्यहाँ डा. कर्णले प्लाटिक सर्जरीको लागि सिफारिस गरेको चिकित्सकले समेत हाडकै उपचार जरुरी रहेको बताएपछि पछिल्लो ९  महिना देखि वि.एण्ड.वि. मा उपचार गराईरहेको यादवले सुनाए । उनलेभने विराटनगरमै सहि उपचार नभएकाले आफ्नो लामो समयसम्म उपचार गर्नु परेको आरोप लगाएको छ ।

Karaiya Mai Notice Winter

विराटनगरको न्यूरो अस्पतालका डाक्टरहरुको लापर्वाहीका कारण यो अवस्था आएको यादवले बताए । उनलेभने, ‘मैले दुर्घटना भएकै दिनदेखि न्यूरोमा उपचार गराएँ, त्यहाँ ठिक भएको भन्दै प्लाष्टिक सर्जजरी गर्न पठाए, म त्यहाँ पुगेपछिमात्र उपचार सहि नभएको थाहा पाएँ ।’

समयमा सहि उपचार नहुँदा लामो समय औछ्यानमात्रै पर्नु परेन आफ्नो ठूलो धनरासी खर्च भएको पनि यादवले सुनाए । उनलेभने, ‘मैले यो खुट्टाको पछिल्लो १८ महिना देखि विराटनगर र काठमाडौंमा उपचार गराईरहेको छु, करिव २० लाख रुपैयाँ खर्च भइसक्यो, अहिले बल्ला सुधार भएको हो कि भन्ने भएको छ ।’

उनले विराटनगरले सहि उपचार नगर्दा यस्तो अवस्था आएको आरोप लगाउँदै आएको छ । उनले विराटनगरले उपचार पुरा भईसकेको भनेपछि दुर्घटनाका विपक्षीसँग पनि सम्झौता गरिसकेको बताए । उनलेभने, ‘डाक्टरले उपचार पुरा भईसक्यो भने पछि किन अरुलाई दुःखदिने भनेर मिलापत्र गरें अहिले यो अवस्था छ ।’

आफ्नो जागिरको थोरै रकमले परिवार चलाउँदै आएका यादवले स्थानीय सहकारी, लघुवित्त संस्थाहरुबाट ऋण लिएर उपचार गरिरहेको सुनाए । यादवलेभने, ‘अहिले पनि उपचार हुँदैछ, धेरै वित्तिय संस्थाहरुबाट ऋण लिएको छु र कतिपय साथीहरुसँग पनि सरसापटी लिएर चलाई रहेको छु ।’

यता, यादवको उपचारमा संलग्न विराटनगर न्यूरो अस्पतालका डा. नविन कर्णले भने आफूले गर्नुपर्ने सवै उपचार पुरा गरेको बताएको छ । उनले भने, ‘ाफ्नो तर्फबाट गर्न सक्ने सवै उपचार गरिसकेका थियौं, उहाँलाई प्लाष्टिक सर्जरीको लागि पठाएका हौं, प्लाष्टिक सर्जरी गरेपछि बाँँकी घाउ आफै निको हुँदै जाने थिए ।’

डा. कर्णले यादवजी सुगर रोगका विरामी भएकाले पनि उपचार लामो समय गर्नु परेको सुनाए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश