CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको समापन

फेटा GP PSA
2,066
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा// सामुदायिक विध्यालयका बिध्यार्थीहरु लाइ नि:शुल परीक्षाको तयारी कक्षाको समापन भएको छ । उजवल नेपाल कम्प्युटर इन्स्टिच्युटको आयोजना तथा माननीय महमद समिर को सहयोगमा संचालन भएको थियो। विध्यार्थीहरुको उजवल भविष्य का लागि शिक्षानै जीवनको ज्योतिहो, शिक्षानै देशको मेरु दण्ड हो, भने मूल उदेश्यले शिक्षा लाई विशेष ध्यान दिदै कक्षा संचालन गरिएको थियो। बारा जिल्लाको सदरमुकाम कलैया को कलैया इन होटेलमा समापन गरिएको छ। बाराजिल्ला भरिका करिब ८० जना विध्यार्थिहरु लाइ ४५ दिन सम्म पठन पाठन गराएको आयोजक संस्थाका संचालक दिपेश कर्णले जनाएका हुन्। उज्वल नेपालका महमद फोरोज आलमको अध्यक्षता तथा माननीय माहमदको प्रमुख आतिथ्यता एवं निम्स इन्स्टिच्युट्का अजय कुशवाहा, पुर्वाधार विकास कार्यालय पर्सा का इन्जिनियर ओम प्रकाश साह, को विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाराका प्रदेश सभा सदस्य प्रमुख अतिथि महमद समिरले आफ्नो शुभकामना दिनेक्रममा उपस्थित रहेका सबै बिध्यार्थी हरुलाई शिक्षामा ध्यान दिएर आफ्नो नाम कमाउनु को साथै यो जिल्लाको पनि नाम उचो गर्न लाइ आग्रह गरेका थिए । शिक्षा नभए केहि गर्न सकिदैन आखा भएर पनि अन्धो हुन्छन त्यस कारण आफ्नो उज्वल भविष्य का लागि यो कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम को श्रोत को बारेमा धेरै कुराको पोल खोलेका थिए। आयोजना गरिएको कार्यक्रम को लागत म आफ्नो शिक्षा कोष बाट दिएको हो जुन मेरो खल्तीको पैसा छैन, यो तपाइँ हरुको करको पैसानै हो । मानवको लागि शिक्षा र स्वास्थ्य नै उसको मूल आवस्यकता रहेकोले विशेष गरि शिक्षामा ध्यान दिएर अगाडी बढ्न लाई आग्रह गरेका थिए । नेपाल हाम्रो कृषि प्रधान देश नभएर अहिले श्रम प्रधान देश भएको उद्घाटन समारोहमा गरेको टिपनि लाई संकेत गर्दै विधुत प्राधिकरणका कुलमान सिंह घिसिङ को बारेमा उदाहरण दिदै भने एक जना इमान्दार हुने बित्तिकै पुरै नेपाल उज्यालो भयो, विभिन्न खेलाडी हरुको बारेमा चर्चा गर्दै भने पुरै नेपालीको शिर उचो भयो त्यस्तै यदि सबै नेपाली इमान्दार भए हाम्रो नेपाल साच्चिकै स्वर्ग भन्दा कम हुने छैन भने आफ्नो धारणा राखेका थिए । पढ्ने बेलामा पढाइमा ध्यान न दिएकोले खाडी मुल्कमा गएर श्रम गर्नुपरेको र सरकारले पनि शिक्षा प्रति इमान्दार नभएकोले आजको समयामा सरकारी स्कुल हरुको अवस्था दिनानु दिन कम्जोर हुदै गएको कुरा उलेख गरेका थिए । त्यस्तै अब हाम्रो समय गयो अब तपाइँको पालो छ यो देश लाई कसरी डोर्‍याउने हो ।

कार्यक्रममा अतिथिको रुपमा एभि न्युजका प्रतिनिधि अजय साह, रमेश साह, आविद अंसारी, बिकास सिंह, मदरसा स्कुलका संस्थापक अंग्रेजी प्राध्यापक रामलाल बन्जन लगायतका शिक्षक हरु तथा इन्टरनेशनल प्रेस क्लबका केंद्रिये ससचिव एवं सी आइ एन नेपालका संचालक अनिल वर्मा, भोजपुरी टाइम्स दैनिक का बारा सम्बादाता प्रभु यादव, तहल्का ओन्लाइन खबरका संचालक रंजित यादव लगायतका सहभागिता रहेको थियो । उज्वल कम्प्युटर ईन्स्टिच्युट का संस्थापक शिक्षाक दिपेश कर्न ले कार्यक्रम संचालन गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश