अनिल पाण्डे, कलैया, बारा।
सिम्रौन गाढको सडक ढलान बारे जिल्ला प्रशासनमा उजुरि परेको छ। सिम्रोनगढ न पा वडा न०५ सानो ईटवालमा सलिम मियाको घरदेखि कोल्ड स्टोर सम्म सडक दलान कार्यमा धेरै अनियमितता भएको भन्दै उजुरी परेको छ। सडक ढलानमा कम गुनस्तरको समान प्रयोग गरी रकम हिनामिना गरेको र लुकिछिपि उपभोक्ता समिति बनाएको भनि जिल्ला प्रसाशन कार्यालय बारामा उजुरी परेको छ।
दर्ता न ४७६० को उजुरीमा आज पालिकाको बारेमा चर्चा गर्दै सबै खाले अनियमितता भएको जनाइएको छ। जिल्ला प्रसाशन कार्यालय बाराको चलानि न. २०८५५ पत्रबाट सिम्रौनगढ न पासँग के भएको हो? प्राबिधिक रिपोट र भुक्तानि भएको नभएको भनि लिखित जवाफ माँग गरेकोछ।
जाहेरीमा यस सडक ढलानकाे उपभोक्ता बनाउने बेला नै हेरियाे जुनबेला चाेरेर बनाइयाे भने साेही कारन एक दिन त्यसकाे बारेमा ध्यानाकर्षण गराउदा नराम्राे दुर्ववहार गर्दै कुटपिट समेत गरेकाे बारे उल्लेख गर्दैे नागरिकको संबैधानिक अधिकार हनन गरेकाे भन्दै संविधान लाई लत्याउने जाेकाेही लाई कानुनी उपचार गर्न मांग समेत गरेका छन्।