
करणी गर्न खोजेको आरोपमा रौतहटमा एक जना पक्राउ
बिकाश पाण्डेय // रौतहट // श्रावण २० गते ।।
करणी गर्दै गरेको अवस्थामा रौतहट प्रहरीले महिला र पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का श्यामबाबु राय रहेका छन् । रौतहटको चन्द्रपुरबाट एक महिलालाई ललाई फकाई करिब ३० किलोमिटर दक्षिण यमुनामाई गाउँपालिकाको कार्यालय रहेको सरुअठा पुर्याएर चार जनाले करणी गर्न खोजेका थिए । पाँच सय रुपैयाँ दिएर महिलालाई प्रलोभनमा पारी गाउँपालिका कार्यालय नजिकैको छाप्रोमा पुर्याएर सोमबार राति करणी गर्दै गरेको अवस्थामा प्रहरीले रायलाई पक्राउ गर्न सफल भएको हो ।रायसँगै रहेका अन्य तीन जना अँध्यारोको फाइदा उठाउँदै भाग्न सफल भएका छन् । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरी चौकी बडहर्वाबाट खटिएको गस्ती टोलीले रायलाई करणी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महिला र पुरुष दुवैलाई जिल्ला प्रहरी कार्यालय रौतहट पुर्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी दिएका छन् ।






