CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

परिचय नखुलेको दुर्घटनामा परि ज्यान गएको ब्यक्तिको सनाखत, देवताल बासी रहेको पहिचान

फेटा GP PSA
605
सिम्रौन्गढ़ नपा psa

अनिल पान्डेय, कलैया, बारा ।

पश्चिम हुलाकी राजमार्ग अन्तरगत बाराको पचरौता नगरपालिका वडा नं. ८ ढोडा पुलमा सोमवार बिहान करीब ६ बजे दुर्घटना भएको थियो। भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको थियो। लंगडा चोकबाट पश्चिम तर्फ जादै गरेको ना ३४ प ३४०० नम्बरको एस्पेलेण्डर मोटरसाईकल आफै अनियन्त्रित भई भएको दुर्घटनामा परी देवताल गाउँपालिका ७ निवासी ३१ बर्षिय प्रदिप रामको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तिब्र गतिमा रहेको उक्त मोटरसाईकल आफै अनियन्त्रित भई राजमार्गमा रहेको ढोडा पुल (कल्भर्ट) को भित्तामा ठोकिएको थियो । पुलमा ठोकिएपछि युवक मोटरसाईकल सहित डोरा खोलामा खसेका थिए ।

मोटरसाईकलको अगाडीको भाग पुर्ण रुपमा क्षतिग्रस्त भएको र युवकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाराको हुलाकी राजमार्गमा बढ्दै गएको सवारी दुरखटना नियन्त्रण गर्नको लागि ट्राफिक संकेत ठाउँ ठाउँमा राख्नु
पर्ने देखिन्छ । मृतक युवकको शव कलैया अस्पताल पोष्टटमार्टम गरि परिवारको जिम्मा लगाइएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश