CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उद्योगहरुमा भारतीय कर्मचारी र मजदुरको प्रवेशमा जिल्ला प्रशासन कार्यालय बाराले गरे प्रतिबन्ध

फेटा GP PSA
1,079
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया, बारा।

बाराका उद्योगहरुमा भारतीय कर्मचारी र मजदुरको प्रवेशमा जिल्ला प्रशासन कार्यालय बाराले प्रतिबन्ध लगाएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विहिवार एक सूचना जारी गर्दै कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगहरुमा भारतीय कामदार राख्न प्रतिबन्ध लगाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्लामा संचालित उद्योगहरुले कामदारका लागि उद्योग परिसर बाहिर आइसोलेशनको व्यवस्था मिलाउनु पर्ने, उद्योगका मजदुर तथा कर्मचारी र तिनीहरुका परिवारको पिसिआर परीक्षणको व्यवस्था समेत उद्योगले गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय द्धारा जारी पत्रमा उल्लेख गरिएको छ ।

 

Karaiya Mai Notice Winter

उद्योगमा कार्यरत सम्पूर्ण जनशक्तिको विस्तृत विवरण तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले उद्योगहरुलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले साउन ३२ गतेसम्म सुख्खा बन्दरगाह हुँदै कच्चा पदार्थ बोकेर आएका मालवाहक सवारी साधनलाई समेत उद्योग प्रवेशमा रोक लगाएको छ ।

उद्योग भित्र तयारी अवस्थामा रहेका सामग्रीहरुको निकासीमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनु भयो ।

वीरगंज पथलैया औधोगिक कोरिडोरमा रहेका उद्योगहरुमा इलाका प्रशासन कार्यालय सिमराको कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत कर्मचारीकोे नेतृत्वमा स्थानीय तह, प्रहरी तथा संबंधित पक्षहरु रहेको समितिले स्वास्थ्य सुरक्षाको मापदण्डहरु पालन गरे÷नगरेको अनुगमन गरी पालन गर्न लगाउने स्वास्थ्य परीक्षणको व्यवस्था गर्न लगाउने र अभिलेख संकलन गर्ने पत्रमा उल्लेख गरिएको छ।

जगदम्बा स्टिल प्रालि भित्र स्वास्थ्य सुरक्षा मादपण्ड पालना गर्न गराउन अन्य उद्योगहरुमा समेत प्रशासनले जारी गरेको व्यवस्था कार्यान्वयन गर्न अवान्छित गतिविधि हुन नदिन तथा स्थानीयस्तरमा सुरक्षा बढाउनको लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट आपसी समन्वयमा रात तथा दिनको समयमा आलोपालो गस्ती परिचालन गर्ने व्यवस्था मिलाउने निर्देशन दिइएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश