CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटको गढिमाई नगरपालिकामा निशुल्क पिसीआर टेस्टको व्यवस्था

फेटा GP PSA
608
सिम्रौन्गढ़ नपा psa

उद​य​ तिवारी, रौतहट।

विश्वमै महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि रौतहटको गढिमाई नगरपालिकाले निशुल्क पिसीआर टेस्ट गर्न शुरु गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पछिलो समय रौतहटमा समुदायस्तरमा कोरोना देखा परेपछि आफना नगरवासीलाई कोरोनाबाट समयमै ज्यान जोगाउन गढिमाई नगरपालिकाले निशुल्क पिसीआर टेस्ट गर्न थालेको छ ।

नगरपालिकाले आज एक सुचना प्रकाशित गर्दै निशुल्क पिसीआर टेष्टमा सहभागी हुन आफना नगरवासीलाई आहवान गरेको छ ।

Karaiya Mai Notice Winter

विगत केहि दिनदेखी समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएकोले समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम रोकथाम तथा न्युनिकरण गर्न एक घर एक पिसीआर टेस्ट गर्ने सम्बन्धी नेपाल सरकारको नीती तथा कार्यक्रम अनुसार यस नगरपालिकामा बसोवास गर्ने व्यक्तिहरुको लागि निशुल्क पिसीआर टेस्ट गर्ने व्यवस्था गरेको नगर प्रमुख श्याम प्रसाद यादवले बताएका छन ।

काठमाडौं अथवा अन्यत्र कुनै ठाउँमा जानुपर्दा पिसीआर रिपोर्टको आवश्यक्ता पर्दछ त्यसैले बाहिर जाने इच्छुक व्यक्तिहरुलाई बाहिर कुनै बाधा अडचन नलागोस भनी आफु निशुल्क पिसीआर टेस्ट गरिरहेको मेयर यादवले बताए ।

कोरोनाको शंका लागेमा वा नलागेमा पनि पिसीआर टेस्ट गराउन चाहने इच्छुक व्यक्तिले पालिकामा सम्पर्क राख्न सकिने छ ।

नगरपालिकाले पिसीआर टेस्टको लागि सम्पर्क व्यक्तिको रुपमा नगरका स्वास्थ्य संयोजक योगेन्द्र साह र स्वास्थ्य चौकी गम्हरीया पर्साका हेल्थ असिस्टेन्ट धर्मेन्द्र सहनीलाई तोकेको छ ।

कसैलाई निशुल्क पिसीआर टेस्ट गराउनुपरेमा स्वास्थ्य संयोजक साहको मोवाईल नं ९८४५०३४९७४ र हेल्थ असिस्टेन्ट सहनीको नम्बर ९८५५०४०९६० मा सम्पर्क गर्न अनुरोध गरिएको मेयर श्याम यादवद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश