CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाजागाजा सहित प्रशासकीय अधिकृत साहको बिदाई

फेटा GP PSA
768
सिम्रौन्गढ़ नपा psa

राजन कुमार बानिया, पोखरिया, पर्सा।

पौराणिक महत्वको खुर्दुक सहनाई र सिंह बाजाको आवाजले पर्साको कालिकामाई गाउपालिका शुक्रवार दिउसो गुन्जित भएको हो । दिउसो ३ बजे सिंह र खुर्दुक सहनाईको एक्काशी आवाज सुनेपछि कालिकामाई गाउपालिका वडा नम्बर ३ निवासी अलनदेव हजरा बाजा बाजिरहेको कारण पता लगाउन गाउपालिका परिसर पुगे । कुनै उत्सव वा बिहेवारीको सिजन नभएपनि के कारणले बाजा बाजिरहेको होला बुझन गाउपालिका कार्यालयको परिसर पुगेका हजरा त्याहाको अवस्था देखी आफु भावविहल बनेको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्याहा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहको विदाई भइरहेको थियो । बाजा बाजिरहेको थियो , टिका माला र घाटीमा दोसल्ला तथा मालाको चांगले राजु साहको कान समेत झोपिएको थियो । धुमधामका साथ विदाई कार्यक्रम आयोजन भएपनि त्याहा उपस्थित जनप्रतिनिधी , कर्मचारी, स्थानिय , समाजिक अगुवा तथा आम जनताको आंखा रसाएको थियो । आमनागरिक देखी जनप्रतिनिधी र कर्मचारीहरु आफुबीच बाट एक कुशल कार्यालय प्रमुख विदाई भइरहेकोले दुखी हुदै केही बेर भावविहल बनेका थिए ।

Karaiya Mai Notice Winter

दुई वर्ष अगाडी लथालिंग अवस्थामा रहेको कालिकामाई गाउपालिकाको कार्यकाललाई आफनो १६ महिने कार्यकालमा साहले व्यवस्थित बनाउदै सेवा प्रवाह सहज गरेको र दैनिक कार्यालयमा उपस्थित हुने गरेको कारण स्थानिय सेवाग्रही उनी संग राम्ररी घुलमिल भएका थिए । कतिपय पालिकामा कर्मचारी जनप्रनिधी बीच जुहारी चली रहेको अवस्थामा कालिकामाईका जनप्रतिनिधी र आम नागरिक भने राजु साहको विदाई हुदा भावविहल हुनु पक्कैपनि उनको क्षमताको उदाहरणको रुपमा रहेको हजराले बताए ।

उनले भने साह दैनिक कार्यालममा बस्ने जिल्ला कै एक मात्र हाकिम थिए । युवा जोश जागर भएका साह सुरुवाती दिनमा धेरै मेहनत गरि गाउपलिकाका सम्पुर्ण सेवाहरु व्यवस्थीत गरि नागरिकलाई छिटो र सहज सेवा प्रवाहको व्यवस्था बनाउने, योजना र बजेट संचालनको क्रममा कठोरता र पारदर्शीता अपनाई काम गरेको हजराले बताए । विदाई समारोहमा आफनो मन्तवय राख्दै पालिका अध्यक्ष नथुनी कुशवाहा भावविहल हुदै आशु झारेका थिए । उनले आफु यती दुखी दोश्रो पटक भएको बताए ।

पहिलो छोरीको विदाईको बेला आखा बाट आशु झरेको र अहिले साहको विदाई गर्दा आशु रोक्न नसकेको उनले बताए । आफु र प्रशासकिय अधिकृत साह बीच बाजे र नातीको उमेर अन्तर भएपनि गाउपालिका संचालन गर्न उनीबाट आफुहरु धेरै सिखेको कुशवाहाले बताए । साहले आफ्नो विदाई भव्य बनाउनु हुने गाउपालिकाका वासिन्दा , अध्यक्ष तथा ५ वटै वडाका वडा अध्यक्षहरुलाई अभार व्यक्त गरे ।

आफुले एक्लै केहि पनि नगरेको बताउदै साहले सबैको प्रयास र काम गर्न सकने माहौलले सबै थोक भएको बताए । नयां आउने कार्यालय प्रमुहलाई सोही सरह सहयोग गरि काम अगाडी बढाउन उनले सबैमा आग्रह गरे । साह सरुवा भएर दोलखा जिल्ला गइरहेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश