CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा पहिलो दिनको SEE परीक्षा सान्तिपुर्ण सम्पन्न

फेटा GP PSA
2,215
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट ।। देशभरी सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) पहिलो दिन सान्तिपुर्ण रुपले सम्पन्न भएको छ । एसईईमा देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकोमा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागी भएका र रौतहटमा जम्मा ७ हजार ६ सय ८२ परीक्षार्थी सहभागी रहेको शिक्षा एकाई प्रमुख जय प्रशाद महतले जानकारी दिएका छन । रौतहटको विभिन्न परीक्षा केन्द्रमा सान्तिपुर्ण रुपले पहिलो दिनको अनिवार्य अंग्रेजी बिषयको परीक्षा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन।

Karaiya Mai Notice Winter

यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी भएका छन् भने सबैभन्दा कम परीक्षार्थी कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिँदै छन् । रौतहटमा एक दुई ठाउँको परीक्षा केन्द्रमा एकदुई वटा गार्ड बढी रहेको र ती बढी गार्डलाई निकाल्न लगाई सकेको शिक्षा एकाई प्रमुख महतले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अघिल्लो वर्षको तुलनामा यसपालिको एसईई परिक्षा रौतहटमा सान्तिपुर्ण रुपले सुरु भएको प्रमुख जिल्ला अधिकारी थापाले जनाएको छ। यस वर्षदेखि एसइई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले नै सुरु गरेका छन् । प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनको काम भने परीक्षण नियन्त्रण कार्यालयले गरेका छन। ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश