CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

होट​ल​मा जुवाकौडि खेल्दै रु करिब तिन​ लाख​सहित​ सात ज​ना प​क्राउ

फेटा GP PSA
852
सिम्रौन्गढ़ नपा psa

अनिल पान्डेय​, कलैया, बारा।

बाराको सिमरास्थित एक होटलबाट २ लाख ९१ हजार रुपैयाँ नगदसहित ६ जना जुवाडे प्रहरी नियन्त्रणमा परेका छन् ।

सूचनाको आधारमा उक्त होटलमा छापा हान्दा ६ जना जुवाडे र एक जना होटल सञ्चालक नियन्त्रणमा परेका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

सिमरामा रहेको होटल न्यू सगूनमा कौडा खेलाइरहेको छ, भन्ने सूचनाको आधारमा सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएका छन् ।

उनीहरुको साथबाट नगद २ लाख ९१ हजार ५०० रुपैया र १६ वटा कौडासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्र​ब​क्ता गौत​म मिश्राले जानकारी दिए ।

नियन्त्रणमा परेका सबै जनालाई ईलाका प्रहरी कार्यालय, सिमरामा राखिएको छ । उनीहरुलाई जुवा ऐन अन्तर्गत अधिकतम एक वर्ष कैद जरिवानासमेत हुने जिल्ला प्र​ह​री प्र​ब​क्ता गौत​म​ मिश्राले जानकारी दिए ।

Baiju sah