CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सशस्त्र प्रहरीका एस पि सुवेदी सहित सशस्त्र प्रहरी निरीक्षक मल्लको सरुवा 

फेटा GP PSA
1,230
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा। 

बारामा  सशस्त्र प्रहरीका एस पि दिग बिजय सुवेदी सहित सशस्त्र प्रहरी  निरीक्षक  कबिर मल्लको सरुवा  भएको छ ।  बिगत ९ महिना अगाडि  सरुवा भएर आउनु भएको सशस्त्र  प्रहरी  उपरीक्षक  दिग बिजय सुबेदिलाई आफ्नो जिम्मेवारी बाट हटाई बारामा सशस्त्र प्रहरी  उपरीक्षक  रबिनराज कर्णजितको काज सरुवा गरि पठाईएको  सशस्त्र प्रहरी बलका प्रवक्ता  डि आई जि राजु   अर्यालले बताए ।  बारामा सशस्त्र प्रहरी बल १२ नम्बर  गणको जिम्मेवारी  पाएको दिग बिजय सुबेदिमाथी  आफ्नो काम कर्तब्यमा  अनियमितता गरिएको भनी उनलाई  जिम्मेवारी  बाट हटाईएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लक डाउनको अवधिमा निजगढका एक निजि कम्पनीको लागि भारत बाट मजदुर  बोलाईएको सुवेदी माथी आरोप लगाईएको छ ।  त्यसैगरी  बिगत लामो समय देखि बिवादमा तानिएको  सशस्त्र प्रहरी  बल गोलागंन्जको सशस्त्र प्रहरी  निरीक्षक  कबिर मल्लको पनि सरुवा गरिएको  छ ।

सिमरौनगढ क्षेत्रमा  बिगतको दिनमा सशस्त्र प्रहरी  निरीक्षक  कबिर मल्लको  मिलोमतोमा तस्करी देखि हुन्डिकारोबारी फस्टाएको  तथ्य बाहिर आएपछि  उनी बिवादमा तानिएको थिए । सिमरौनगढ सिमा क्षेत्रमा  तस्करी  लाईन खुलाएर  मोटो रकम कमाएको  थियो । बिगतको दिनमा सशस्त्र प्रहरी  निरीक्षक  मल्लले समातेको  हुन्डिकारोबारिको  २५ लाख रुपैया  मध्ये १५ लाख मात्र सार्वजनिक  गरेपछी उनी शंकाको घेरामा बस्दै आएका थिए ।

सिमरौनगढको स्थानीय  ब्यापारीहरु बाट समेत रकम असुलदै आएको मल्लमाथी स्थानीय ब्यापारीहरुले  उनको विरुद्धमा डिआईजी कार्यलयमा समेत उजुरी  दिएपछि प्रदेश न २ सशस्त्र प्रहरी  बल बाहिनी बाट छानबिन टोलि समेत सिमरौनगढमा आएको सर्वबित्दै छ । सशस्त्र प्रहरी सिमा सुरक्षा  बल  गोलागंन्जमा नंया सशस्त्र प्रहरी  निरीक्षक बिष्णु श्रेष्ठलाईलाई जिम्मेवारी  दिएर पठाईएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश