वडा अध्यक्षको कारणले सम्पुर्ण वडाबासीमा कोरोनाको त्रास
अनिल पाण्डेय
कलैया भाद्र ८ गते 
बारा जिल्लामा सोमवार ९२ जना कोरोना पोजेटिभ थपिएका छन । कलैया उपमहानगरपालीकामा ७३ जना , अमलेखगञ्ज अायल निगमका १६ जना र काठमाडौ मा चेक गराएको पालीका नखुलेको ३ जना अन्य गरि ९२ जना कोरोना पोजेटिभ रहेको जनस्वास्थ्य प्रमुख रामनरेश यादवले जनकारी गराएको छ । कलैया उपमहानगरपालीकामा भाद्र ३ र ४ गते तीन सय ४३ जनाको स्वायव संकल्न गरेको मध्ये ७३ जना पोजेटिभ भेटेको स्वास्थ्य शाखा उपप्रमुख अजय जयसवालले जनकारी गराएका हुन । कोरोना सक्रमित हुनेमा कार्यलयका ईन्जिनियर , वार्डअध्यक्ष र सर्वसाधारण जनता रहेको जयसवाल ले जनकारी गराए ।
कलैया वडा १४ को वडा अध्यक्ष आफ्नो स्वाब परिक्षणमा दीईसकेपनि स्वास्थ्य मँत्रालयको प्रोटोकलको अबेज्ञा गर्दै आफ्नै वडामा यहि शनिबार सयौ मानिसलाई एक ठाँउमा जम्मा गरि छलफलको लागि जिल्ला प्रहरी कार्यालयबाट एकभ्यान प्रहरी बोलाई सम्पुर्ण वडा बासीलाई यस्तो कोरोना माहामारिमा आफ्नो स्वाब परीक्षण गराई मान्छेको हुल परी सबैलाई सँक्रमनको उच्च जोखिममा पार्नु कतिको उचित थियो। अब समुर्ण वडालाई कस्ले ट्रेसिङ गरौने र कस्ले स्वब परीक्षण गराउने यो सबैको जिमेवारि कस्ले लिने भन्ने वडाबासि चिन्तित बनेकाछन।