CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएकाले यसको सम्मान गरौ: राउत

Pheta Chhath Shubhakamana
571
Bara Gadhi Notice winter

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।
पछिल्लो समय सर्बाधिक धनराशी पुरस्कार भनिएको `सदाबहार राष्ट्रिय टिकटक स्टार २०७७´ को आयोजना गर्न लागेको सदाबहार मिडिया प्रालिका अध्यक्ष बिजय राउतले टिकटक सामाजिक बिकृती नभई कलाको सदुपयोग गर्ने माध्यम भएको बताएका छन। उनले युवापुस्तामाझमा लोकप्रिय बन्दै गएको टिकटकलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए।
आज दिपक भिडियोग्राफी द्वारा आयोजित “तीज विशेष फोटो प्रतियोगिता -२०७७” को पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सदाबहार मिडियाद्वारा भोलिबाट हुन गइरहेको टिकटक प्रतियोगितामा सबैलाई सहभागी हुन आग्रह गरेका छन। मिडिया हाउस र टिकटक प्रतियोगितालाई सँगै जोडेर धेरैमा गलत बुझाइ रहेको हुदा राउतले सदाबहार मिडियाले समाजसँग जोडिने सम्पुर्ण कुराहरुलाई सँगसँगै अगाडि बढाउदै जाने बताए। उनाका अनुसार १ लाख ५० हजारको प्रथम पुरस्कार रहेको उक्त टिकटक प्रतियोगिता भोलिबाट कार्तिक २८ गतेसम्म संचालन हुनेछ।
तीज विशेष फोटो प्रतियोगितामा बराहक्षेत्र ३ निवासी शर्मिला लिम्बूले ११ सय लाइक सहित प्रथम स्थान हासिल गरेकी थिईन। सदाबहार मिडियाद्वारा उनलाई सप्रमाण नगद रु. ५ हजारले पुरस्कृत गरिएको थियो।
बराहक्षेत्र २ की लक्ष्मी राईले ९१५ लाइक र बराहक्षेत्र २ निवासी सुमि तामाङले ९१४ लाइक प्राप्त गरी क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए। रमेश यादबद्वारा प्रायोजित पुरस्कारमा उनीहरूले क्रमशः सप्रमाण नगद रु. १ हजार र ५ सय प्राप्त गरेको दिपक भिडियोग्राफीका संचालक दिपक पुरीले बताए।

Baiju sah