CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय

फेटा GP PSA
816
सिम्रौन्गढ़ नपा psa

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रमेश साह

बारा २० गते भाद्र

बाराको जितपुर सिमरा उपमहानगरपालिका भित्र सर्वजनिक जग्गा स्थानिय निकाय अतिकर्मण गराउदै समाजिक अभियन्ताहरूले आरोप लगाएका छन । वडा नम्वर ७ को मालती गिरीले जितपुरमा करिब १० वर्ष देखि कसैले बसोबास नगरेको ठाउमा निजि जग्गामा किशोरी पासवानले घर बनाई बस्दै आएका थिए तर गरिब भएकाले आफ्नो जग्गा बेचे पछि उसैको अगाडि रहेको सर्वजनिक ठाँउमा बसोवास गर्न नदिएको र केही व्यक्तिहरूले घर बनाउन लागेको आरोप लगाएका छन ।

Karaiya Mai Notice Winter

जितपुर सिमरा वडा नम्वर ७ कै दिपक गुप्ताले पासवानको भाईपटीलाई चढाइबढाई हरिचन्द्र पासवान , उमेश पासवान र भुनेश पासवानलाई लगाई उक्त सर्वजनिक जग्गामा घर बनाई रहदा स्थानिय जनप्रतिनिधिलाई भन्दा कुनै चासो नलिदा अन्याय गरिबले खेपनु परेको गिरीले बताउनु भयो । स्थानिय गाँउबासी गौरीशंकर रामले किशोरी पासवान दुई दम्पति करिब १२ वर्ष देखि घर बनाई बसोवास गर्दै आईरहेको जनकारी दिनु भयो । अरू व्यक्तिहरू पछि पछि त्यहा घर बनाएका हुन रामले बताए ।

सर्वजनिक जग्गामा अरूहरूले घर बनाई रहेको ठाउँ गरिब किसोरीको घर अगाडीको ठाउँ हो उक्त ठाउमा अरूको नहुनु पर्ने नभए गाउँ कै समुदायिक कृति बनाउन जनप्रतिनिधिहरूले गर्नु परथ्यो तर जसको ठाउँ हुदैन उनिहरू बनाउनु उचित नभएको रामले जनकारी गराउनु भयो ।

जितपुर सिमरा उपमहानगरपालीकाका उपमेयर सरस्वती चौधरीसंग बुझदा अहिले कोरोनाको महामारीले गर्दा कार्यालय खुलन सकेको छैन न्यायिक समितिमा निवेदन आएपछि त्यस सम्बन्धमा बुझि छिनोफानो लगाउने जनकारी दिनु भयो । वडाको जग्गा हो त्यसको संरक्षण गर्न वडाअध्यक्षले अगर्सर भुमिका निर्वाह गर्नु पर्ने उपमेयर चौधरीले जनकारी दिनु भयो ।

वडा अध्यक्ष रामबाबु गुप्तासंग बुझदा पालिकामा र कलैया जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छ जुन म कहाँ आए पछि त्यो जग्गा सम्बन्धि कुरा कानि हुनेछ भन्नू भयो । गाँउमा पञ्चायती भएका थिए जसमा गाँउका भरभलादमीहरूले मौखिक रूपमा एलानि जग्गामा भाइ पटिदारलाई भागबन्डा लगाईएको गुप्ताले जनकारी दिए। स्थानिय निकायले सर्वजनिक जग्गालाई संरक्षण गर्नु पर्ने हो तर पालीकाका पदधिकारीहरूले पत्र पठाई दिदा आफुलाई सहयोग मिल्थयो वडाअध्यक्षले बताए । न्यायिक समितिले निर्णय गरेर आफुलाई पत्र पठाई दिदा उक्त जग्गामा बनेको घर हटाउनु पर्छ भने हटाउन लगाउने छु अध्यक्ष ले जनकारी दिनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश