CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

रौतहटमा होम आइसोलेशनमा बस्ने संख्या बढ्दै

बिकाश पाण्डे // रौतहट // भाद्र २३ गते

Pheta Chhath Shubhakamana
964
Bara Gadhi Notice winter

जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार दिउँसोसम्म ३ जना संक्रमित थपिएको जनाएको छ ।प्रशासनको तथ्याङ्ग अनुसार जिल्लामा संक्रमितको संख्या १६ सय ७४ पुगेको छ ।तर कोरोना संक्रमितहरु संस्थागत आइसोलेशनमा बस्नेहरुभन्दा होम आइसोलेनमा बस्ने गरेका छन् ।नेपाल सरकारले निश्चित मापदण्ड पूरा गरेपछि कोरोना संक्रमितलाई होम आइसोलेशनमै बस्न दिने प्रावधान ल्याएसँगै रौतहटमा पनि होम आइसोलेशनमा बस्नेहरुको संख्या बढेको हो ।जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेनट डाक्टर कृष्ण साहले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेर संक्रमितहरु होम आइसोलेसनमा बस्न सक्ने जनाउँदै यसको निर्णय गर्ने अधिकार सम्बन्धित पालिकालाई रहेको जनाउनुभयो ।उहाँले कुनैपनि संक्रमितहरु होम आइसोलेसनमा बस्दा तोकिएको मापदण्ड पुरा नगरेमा परिवारका सदस्यहरुलाई पनि संक्रमण सर्ने जोखिम हुने बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संक्रमितको घरमा तोकिएको मापदण्ड पूरा गर्न सकिने नसकिने अनुगमन गरेपश्चात मात्र होम आइसोलेसनमा बस्न अनुमति दिने गरेको बताउनुभयो ।जिल्लामा संस्थागत आइसोलेसनमा बस्न चाँहेपनि पर्याप्त बेड र सुविधाको व्यवस्था गरिएको उहाँले बताउनुभयो।जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्क अनुसार मंगलबारसम्म जिल्लामा १ सय २४ सक्रिय संक्रमितहरु रहेका छन् ।

Baiju sah