CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

बन कर्मचारीको मिलोमतोमा काठ तस्करी फस्टाउदै

Pheta Chhath Shubhakamana
1,088
Bara Gadhi Notice winter

अनिल पाण्डेय

कलैया बारा

प्रसौनी गापा सामाजिक संदेश ०७८

बाराको कोलहबी नगरपालिका  ,नयाबस्ती क्षेत्र अन्तर्गत रहेको मधुबन सब डिभिजन बन कार्यलयको कर्मचारीको लापरबाहीले त्यस क्षेत्रबाट  व्यापक काठ तस्करी भईरहेको पाईएको  छ ।  मधिबन सब डिभिजन नयाबस्ती अन्तर्गत  जैतापुर ,पसहा ,ककडी प्रसौना , मोधबन लगायत पाँच वटा पोष्ट भएपनी कार्यरत कर्मचारीहरुको लापरबाहीले त्यस क्षेत्रबाट दिउँसो रुख कटानी ,काठ तस्करी  भैइरहेको समाचार प्राप्त भएको छ । सब डिभिजन कार्यालयका कार्यरत कर्मचारीहरु  खाना खाएर दिनभरी पोष्ट र कार्यलयमा बसि दिन बिताउने गरिएको अथवा तस्करसँग मिली रुख कटान गराउन जंगलतिर गष्टिको बहानामा जाने गारेको अवस्थामा  भेटिएको गुनासो बडेको छ ।

Karaiya Mai Notice Winter

मोधबन  सब डिभिजन बन कार्यालय नयाबस्ती अन्तर्गत १० जना कर्मचारी र  विभिन्न  चार वटा पोष्ट अन्तर्गत २५ जना कर्मचारी  कार्यरत रहेको मधुबन सब डिभिजन बन कार्यालयको प्रमुख सत्यदेव   यादवले बताए । बन क्षेत्रमा  रात्री गस्ती जाँदा र दिउँसो पनि  बन कर्मचारी  र तस्कर बिच झडप हुनुले कम संख्यामा बन कर्मचारी  नखटिएको प्रमुख  यादवको भनाई रहेको छ ।

एउटा सब डिभिजन कार्यालय अन्तर्गत ३५ जना बन क्रमचारी हुँदा पनि काठको तस्करी नरोकिनुमा  बन कर्मचारीको लापरबाही  र मिलोमतो मै बाराको बन क्षेत्र सखाप भैइरहेको स्थानीयहरु गुुुनासो गरेकाछन ।

अन्तरास्ट्रिय  विमान स्थलको लागि नेपाल  सरकारले त्यस क्षेत्रको रुख गणनाको काम र टांचा  लगाउने लगभग सम्पन्न हुन लागेको प्रमुख  यादवले जानकारी  गराए । मोधबन सब डिभिजन बन कार्यलय नयाबस्तिमा हजारौं  क्युफिट काठ सडेर  काम नलाग्ने भएकोछ। काठ तस्करीमा प्रकाउ  गरिएको  साईकल  , मोटरसाइकल  समेत जिर्ण अवस्थामा रहेको भएपनी कार्यलय प्रमुख यादवले लिलामिको कुनै पहल गरेको छैन । अहिले काठको तस्करी पहिले भन्दाबदि भईरहेको कार्यालय प्रमुख यादवले आफै स्विकार गर्दा पनि तस्करी रोक्न कुनै किसिमको पहल देखिएको छैन।  मोधबन सब डिभिजन बन कार्यलयको कर्मचारीको  लापरबाहीको कारण र कार्यालय प्रमुखले आफ्नो जिम्मेवारी बहन गर्न नसकिरहेकोकारणले  त्यस क्षेत्रमा  बन सखाप हुन लागेकोले समबन्धित निकाएको ध्यान पुग्न जरुरी रहेको छ ।

Baiju sah