CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वतन्त्र समाज नेपालद्वारा १६औ दिन पनि निःशुल्क खाना खुवाउदै उदाहरणीय बने

फेटा GP PSA
1,215
सिम्रौन्गढ़ नपा psa

वीरगंज, पर्सा।

हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ। सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।

त्यस्तै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्वतन्त्र समाज नेपाल द्वारा निषेधाज्ञा अवधिभरी गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरु लाई निःशुल्क रुपमा खाना खुवाउने अभियान चलाएका थिए। पर्सा जिल्लाको बहुदर माइ नगर पालिका – ४ , डकैला बहुअरी , सिचाइ कार्यलयको कम्पामा १६औ दिन खाद्यान्न वितरण गरेका थिए।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी निषेधाज्ञाका कारण वीरगंजमा प्रभावितहरु लाई समाजले खाना वितरण गर्दै आएको छ। लामो समय देखीको निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् ।

Karaiya Mai Notice Winter

तर सरकारले मात्र लकडाउन गरि घरमै थुनेर मार्ने मात्र गुरु योजना रहेको पनि सर्वसाधारणहरुको टिप्पणी रहेको छ। सरकारको मुखमा कालो मस्सी लगाउदै यी स्वतन्त्र समाजले आफै त्यत्रो ६ महिना सम्म कमाउन नसकेका युवाहरूले करिव अढाई हप्ता सम्म बिहान र बेलुका गरी एक दिनमा २ समय ३ सय परिवार सम्मका लागि आफुहरुले खाद्यान्न उपलब्ध गराउँदै एउटा बाटो देखाएको सेवा ग्राहीहरुको आफ्नो अभिमत रहेको छ।

खाना बाड्ने कैम्प नजिकै आ-आफ्नो अभिमत त्यहा जम्मा भएका रिकसा चालक तथा टेम्पो चालक लगायत दैनिक रोजगारी गरि खाने हरु एक जुट भएर स्थानीय, प्रदेश र संघीय तीनवटै सरकार लाई ब्यापकरुपमा आलोचना गरेका थिए।

यो सरकारहरुले के नै गर्न सक्लान अबत लाग्दै छ, कि अढाइ सय बर्ष पहिलाको जमानामा हामी आइपुगेको हो कि ? आफैमा प्रश्न र जवाफ गर्दै उपहास गर्दै भने पहिला त बाइसी र चौबिसी राज्य हुने गर्थ्यो तर अबत त्यसभन्दा पनि कम क्षेत्रफलको आ-आफ्नो पालिकाहरु लाई नै राज्य बनाएर जसले जति लुट्न सकेको लुटिरहेको कुरा चर्चा समेत गर्ने गरेका थिए।

स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि आफुहरु अगाडी सरेको समाजका अध्यक्ष कन्हैया झाले वताए ।

खाद्यान्न वितरण गर्ने कार्यमा सचीव – रवि कु.बर्णवाल, कोषाध्यक्ष – आशा देवि, सदस्य – अंगद शर्मा , राजेश साह , दिपेन्द्र साह, धिरज साह, अभिनाष गुप्ता, उतम कुशवाहा, पवन साह, अनिल साह, मनिष श्रीवास्तव, राजु सरार्फ, प्रमोद साह, सुजन क्षेत्रि, आदित्य गुप्ता, आकाश साह, देव प्रजापति, अवधेश कुशवाहा, रितेश मिश्रा, रोनित श्रेष्ठ, धर्मेन्द्र प्रजापति, बिहारि साह, रवि पटेल, शनि सरार्फ, अरुण मणडल, संदिप पटेल, सोनु साह, लगायतकाले सहयोग गरेको समाजका उपाध्यक्ष मुन्ना प्रसादले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश