CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

८/१० जना प्रहरीको भरमा कोरोना नियंत्रण नहुने, अवैधरुपमा मान्छे भित्रिदै फोटो फिचर सहित

फेटा GP PSA
742
सिम्रौन्गढ़ नपा psa

पवन शाह
बिराटनगर / असोज महिनाको एक गतेदेखी सिमा नाका खुला हुने अनावश्यक हल्लाको भरमा अहिले सिमावर्ति इलाकाहरुमा किनमेल को लागी सर्वसाधारणहरुको जनसागर नै उर्लिने गरेको छ । त्यस संग संगै कोरोना संक्रमण अहिले दिनदिनै बिक्राल रुप लीइरहेको अवस्थामापनि भारतको विभिन्न ठाउ बाट अवैध रुपमा नेपाल आउन खोज्नेहरु को संख्या दिनको ३ सय ४ सय को हाराहारीमा पुगेको छ जबकी भारत बाट प्रक्रिया पुरागरी फ़र्किनेहरु को संख्या न्युन रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल भारत सिमा अझै सिल अवस्थामा रहेपनि बोर्डर खुल्ने हल्लाकै भरमा नेपाली सर्वसाधारणहरु धरान, ईटहरी, दुहबी, निमुवा, बिराटनगर तथा आसपासको ठाउहरु बाट मान्छेहरु चर्को गाडी भाडा तिरेर घरायसी सामग्री खरिदको निम्ती दैनिक ५ हजार बढीको संख्यामा जोगबनी आउने गरेका छन । बिराटनगर महानगरपालिकाको १५, १६, १७ र १८ नम्बर वडामा पर्ने सिमावर्ति इलाकाहरु दरैया, इश्लामपुर, भेडियारी लगायतका ठाउहरु बाट प्रहरीहरुलाई छलेर वार पार गर्ने गरेको पाईनछ । यसरी वार पार गर्नेहरुमा अधिकंस महिलाहरु बढी हुनेगरेको देख्न सकिन्छ । सोहि अवस्थाको फ़ायदा उठाउदै भारतको महाराष्ट्र, दिल्ली, युपि, कल्कता, वेस्ट बंगाल, दरभंगा , पुर्णिया, कटिहार लगायतका ठाउहरुमा बस्ने नेपालीहरु मात्र नभई भारतीय मजदुरहरु समेत सिमावर्ति एरियाका केही स्थानियहरुको सेटीङ्गमा केही आर्थिक चलखेल गरी नेपाल भित्रिने गरेका छन ।

सिमावर्ति एरिया को विभिन्न ठाउहरुमा ८/१० जनाको संख्यामा खटिएको सानो सानो टोली सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दैनिक हजारौको को भिडभाडलाई रोक्नु ठुलो चुनौतीपुर्ण कार्य भएपनि सुरक्षाकर्मिले पाएको जिम्मेवारीलाई निर्वाह गर्दै चर्को टन्टलापुर घाममा पनि एकक्षण बिराम नलीइ नेपालहरुलाई नेपाल र भारतीहरुलाई भारत तर्फ़ रोक्नमै ब्यस्त रहेको देख्न सकिन्छ । केही बुझने मान्छेहरुले प्रहरीको आग्रह मानेर आटेर नगरे पनि खुला सिमानाको फ़ाईदा उठाउदै धेरै जसो महिला तथा सर्वसाधारणहरु जानि जानि प्रहरी सुरक्षाकर्मीहरु संग बादबिवाद गर्नेको र सुरक्षाकर्मीहरुलाई एक तिर अल्झाई अर्को तिरबाट नाला तरेरै भएपनि पारी जानेकरेका छन ।

Karaiya Mai Notice Winter

सोही अवस्थाको फ़ाईदा उठाउदै क्वारेनटाईन बस्नु पर्ने झन्झट बाट जोगिन टाढा टाढा बाट आएका व्यक्तीहरु पनि स्थानियहरुलाई केही रकम दिएर नक्कली आफ़न्त तथा पाहुना बनेर अवैध रुपमा नेपाल भित्रिने गरेका छन । सुरक्षाकर्मिहरुले एक तिर रोके त्यही स्थानियको सहियोगमा अर्को तिरबाट नेपाल प्रवेश गर्नेगरेको छ । एक पटकमा सामान र अर्को पटकमा मान्छे गरी नेपाल आउनेहरुको संख्या धेरै रहेको प्रत्यक्षदर्शीहरु बताउछन ।

हुनत सिमा सिल रहेको अवस्थामापनि नेपाल बाट सिमापारी जोगबनी जानु पर्ने कारणहरुमा नेपालमा भन्दा पारीको बजारमा खाध्यान्न सामग्रीहरु चिनी, तेल, चामल लगायत तरकारीमा आलु , प्याज र टमाटर किन्न धेरै सस्तो रहेको हुनाले जान्छन भने केही मान्छेहरु नेपालमा नपाउने औषधिहरु खरिद गर्नकोलागी जानेगरेका छन । सिमावर्ति एरियामा बसोबास गर्नेहरुको त स्थानिय बजार नै पारी रहेको हुनाले भिड भाड बढेको अनुमान गर्न सकिन्छ । तर अहिले यस्तै मौकामा अनावश्यक अवैध रुपमा मान्छेहरु आउने क्रमले गर्दा समुदायमा तिव्र रुपमा कोरोना महामारीको संक्रमण का कारण नेपालीहरुले थप लक डाउन को पिडा भोग्नुपरेको बिर्सिन सकिदैन ।

कोरोना महामारी नियंत्रणको निम्ती नेपाल सरकारले अर्बौ रकम खर्च गरेपनि प्रदेश सरकार, स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालयले महामारीलाई नियंत्रण गर्न आवश्यक पहल, प्रचार प्रसार तथा बजार अनुगमन जस्ता कार्यमा ढिलासुस्तीका कारण यस्तो अवस्था आएको हो । बारमबार सिमावर्ति एरियामा पारी बाट ढुंगामुढाको सामना संगसंगै चर्को घाममा मात्र नभैइ अहोरात्र १४ देखी १६ घण्टा सम्मखटिने प्रहरी सुरक्षाकर्मिको बलमा मत्रै कोरोना नियंत्रण नहुने तथा जनचेतना आवश्यक छ । समयमै सम्वन्धित निकायको ध्यान जाओस ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश