CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

जसपाद्धारा बहुदर माई नगरपालिकामा ज्ञापन पत्र माँग पुरा नगरिए आन्दोलनमा जान्छौ — नेता पटेल

फेटा GP PSA
1,446
सिम्रौन्गढ़ नपा psa

पर्सा ५ असोज ।
जनता समाजवादी पार्टी नगर कार्य समिति बहुदरमाई नगरपालिकाले विभिन्न मागहरु राखी आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ ।

Karaiya Mai Notice Winter

जनता समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णा प्रसाद यादवको नेतृत्वमा रहेको पार्टीका नेता कार्यकर्ताहरुको टोलीले नगर प्रमुख र उपप्रमुखको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउन गएका टोली मध्येका पार्टीका नेता शिव पटेलले निर्वाचन सम्पन्न भए पश्चात नगरपालिकाले गर्दै आएको कार्यबाट आम जनसमुदायमा उत्साह नभएको कारण नगरपालिकाको गतिविधिलाई सच्याउन आज ज्ञापनपत्र बुझाउन आएको बताउदै हाम्रो यस मागलाई सम्बोधन नगरिए लोकतान्त्रिक प्रक्रियाबाट चरणवद्ध कार्यक्रम तय गरिने बताउनु भयो ।
ज्ञापनपत्रमा तीन वटा नगर परिषद अब्यवहारिक भएकोले आउने दिनमा हुने नगर परिषद पारदर्शि सहित नियम संगत योजना छनौट, नगर क्षेत्र भित्र नगर स्तरीय स्वास्थ्य उपचार केन्द्र, अध्यन अध्यापन गराउने क्याम्पस संचालन, नगर क्षेत्र भित्रका विद्यालयलाई व्यवस्थित एवं प्राविधिक जनशक्ति पूर्ण, बहुदरमाई क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न बजेट विनियोजन, नगरपालिकासंग उपलब्ध स्कारभेटर, ट्रेक्टर र सेपटी ट्यांकीको प्रयोग, कृषि बजार, कृषि विद्युतीकरण र सिंचाईको व्यवस्था लगायतका मागहरु उल्लेख गरिएको छ ।

साथै ज्ञापनपत्रमा नगरका जनतालाई सेवा प्रदान गर्न एम्बुलेन्स, शव वाहनको व्यवस्था, कोभिड—१९ को समयमा भए गरेका हिसाब किताब, नगरपालिकाले यस आ.ब. भन्दा अगाडी सम्पन्न गरि सकेको तीन आर्थिक वर्षको खर्च विवरण, नगरपालिका पदाधिकारीहरुले प्रयोग गर्दै आएका सवारी साधनको इन्धन, मर्मत कार्यमा खर्चको विवरण, नगरपालिकाले अहिलेसम्म गरेका नगर स्तरिय, वडा स्तरिय योजनाको विस्तृत विवरण सार्वजनिक गर्न सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
आफुहरुको मागलाई बेवास्ता गरिए लोकतान्त्रिक मूल्य मान्यता एवं देशको निति नियम अनुसार हामी अगाडी बढन बाध्य हुने अध्यक्ष यादवले बताए । सो अवसरमा जनता समाजवादी पार्टीका नेता शिव पटेल, नगर सचिव बृजेश यादव, युवा नेता निशेष यादव, अनुज प्रसाद कलवार, शिव कुमार साह, नगर कार्य समितिका सदस्यहरु क्रमशः संजय कुशवाहा, जवाहर प्रसाद कोईरी, रामकिशुन यादव, बन्धु साह तुरहा, भरदुल मिया, रामजी यादव, नरेश यादव, नन्दलाल पटेल, सोती कलवार, सोनालाल साह, रामाज्ञा मण्डल, कृष्ण प्रसाद कुर्मी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Baiju sah