CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश नं. २ का प्रदेश युवा सम्मेलन २०२० भर्चअल समारोह सम्पन्न

फेटा GP PSA
1,696
सिम्रौन्गढ़ नपा psa

बीरगंज, असोज ६ गते ।

नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चअल सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उद्घाटन समारोहका प्रमुख अतिथि माननीय जितेन्द्र सोनल ज्यू, (मन्त्री)भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, प्रदेश नं.२ ले देश विकासमा युवाहरुको ठुलो भूमिका रहदै आएकोले अबको आवश्यक्ता युवाहरुलाई नेपालमा रोजगार उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गर्दै विदेशीका युवाहरुलाई एकजुट भई देश विकासमा योगदान पुर्याउन आग्रह समेत गर्नु भयो । हाल नेपाल लगायत विश्व कोभिड—१९ महामारीको चपेटामा रहेकोले युवाहरुले अहम भुमिका खेल्न आवश्यक भएको हुनाले नेपालका सबै युवाहरुलाई देशमा नै स्वरोजगार शुरु गरि देश विकासमा लाग्नका लागि नेपाल युवा परिषद्संग आबद्ध युवाहरुलाई जोडदार अपिल गर्नु भएको थियो ।

उहाँले युवाहरुलाई उद्यमशीलता बनाउन सरकार सक्रिय भई अगाडि बढि रहेको जानकारी गराउनुभयो ।

त्यसैगरि अर्का विशिष्ट अतिथि सरोज बानिया, नेपाल युवा परिषद् संस्थापक एवं केन्द्रिय अध्यक्षले नेपाल युवा परिषद्सँग आबद्ध रहेका युवाहरुलाई देश विकासमा सहयोग गर्नका लागि यो संस्थाले बेला बेलामा तालिम दिदै आएको र आउने दिनमा पनि सहयोग रहने बताउनु भयो ।

Karaiya Mai Notice Winter

त्यसैगरि अर्का अतिथि श्रीमति गिता साह उपाध्यक्ष प्रसौनी गा.पा. बारा, देवनारायण मण्डल, मिथिला वाईडलाईफ ट्रष्ट, नेपाल तथा जय प्रकाश दास, वडा अध्यक्ष फेटा गा.पा.—१, बाराले युवाहरुलाई देश विकासमा सहयोग गर्न आग्रह गर्दै आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

युवा सम्मेलन कार्यक्रममा प्यानल डिसकसन राखिएको थियो जसमा निवार्चनमा युवाको भुमिका शीर्षक बारे उमेश कुशवाहा, युवा नेपा नेकपा बारा तथा युवाहरुको नेतृत्व विकास शीर्षकमा जेसी शोभा खरेल भटराई, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष नेपाल जेसीज, सलमा खातुन उपमेयर पोखरिया नगरपालिका तथा गुड गर्भर्नेन्स शीर्षकमा शिव प्रसाद भुषाल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा डा. दिपेन्द्र चौधरी, प्रोफेसर तथा आर्थिक विश्लेषक ले युवाहरुलाई प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा प्रदेश नं. २ भित्र रहेका ८ जिल्लाका करिब ४० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो भने आयोजक कमिटि लगायत ५० जनाको भर्चुअल कार्यक्रममा सहभागिता रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि श्री सुरेश कुमार मण्डल, राज्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.२ ले युवाहरुलाई देश विकासमा युवाको अहम भुमिका रहेकोले आजको युवाहरुलाई सरकारले स्वरोजगारको व्यवस्था गरि रहेको बताए ।

त्यसैगरि अर्का अतिथि आनन्द गुप्ता वडाअध्यक्ष प्रसौनी गा.पा. वडा नं. ४, बारा, ओम प्रका सर्राफ संयोजक भिजिट मधेस, युवा समाजसेवी तथा नेताले पनि युवाहरुलाई जागरुक हुन आब्हान गर्नु भएको थियो ।

उक्त भर्चुअल कार्यक्रममा स्वागत मन्तब्य पूजा साह, नेपाल युवा परिषद् महोत्तरीले गर्नु भएको थियो भने  अध्यक्षता नेपाल युवा परिषद्  प्रदेश नं. २ का कार्यक्रम संयोजक तथा पर्सा जिल्ला अध्यक्ष श्रवण प्रसाद साहको रहेका थिए तथा कार्यक्रमको सहजीकरण नेपाल युवा परिषद बारा जिल्लाका अध्यक्ष राजेश कुशवाहाले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश