बितेको बर्ष आएको हावाहुरिले सबै घर उदाई लगेकोमा अहिले आफ्नो जग्गाको लालपुर्जाको सिफारिस लेखाउन आज तिन दिन देखि यस कार्यालयमा दौडिरहेको तर आज सम्म सिफारिस न पाएको र त्यो सिफारिस बापत रु ३०० माँगि रहेकोले आफुसँग माँगेको रकम दिन नसकेकोले सिफारिको लागि दौडिरहनु परेको फेटा गाँउपालिका वडा १ बस्ने सियानन्द कुर्मिले गुनासो पोखेकाछन।
फेटा गाँउपालिकामा नयायिक समितिको मुद्दा फाँटको रबिन्द्र रामसँग कुरा गर्दा कुर्मिको नापि कार्यालयको कागजात हराईसकेकोले आफु खोजि गरिरहेको र आफु पैसा माँग नगरेको बरु यहि रहेको पसलेले निबेदन लेखेको हुनाले सो रकम दिन भनेको हो। त्यहि पसल बाट सिफारिस लिनु पनि मुद्दा फाटको रामले कुर्मिलाई भनेकाहुन।गाँउपालिका कार्यालयको मेन गेटमा रहेको पसलेसँग कुरा गर्दा निबेदन लेखाई रु २००देखि रु ३०० सम्म लिने गरेको र कुनै आफ्नो मान्छे भए फ्रिमा नै लेखने गरेको तर भित्रको दस्तुर तिर्नुपर्ने जानकारी गराएका छन। अपाङ कार्ड बनाउन दुई दिन देखि दौडिरहेको तर आज पनि फाट बाला मैडम न भएकोले फिर्ता जानु पर्ने गुनासो फेटा गाँउपालिका वडा न ६ पुरैनिया बस्ने असलम मिया अँसारीले जनाएका छन।
फेटा गाउपालीका अध्यक्ष अमिरीलाल साहसँग बुझन खोज्दा मोवाईलमा रिङ्ग बजे पनि काटी दिनुभयो । कार्यालय प्रमुख प्राण मेहतासँग बुझन मोवाईलमा फोन गर्दा मोबाईल अफ भएको जनकारी आएको थियो ।