CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पकडियाका बिकासको काममा दोहरो चरित्र, नदि नियन्त्रणमा पनि राजनीति

फेटा GP PSA
3,275
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  बाराको कान्छो पचरौता नगरपालिका मा पकडियाका बिकासको काममा दोहरो चरित्र देखिएको छ। तियर नदीमा तटबन्धका लागि प्रदेश सरकारले छुट्याएको पचास लाख को बिकासको काम गर्न उपभोक्ता समिति बनाउन दुइ पक्ष बीच बर्चस्व का लागि दाबी गरिएको छ ।तटबन्धको सम्बन्धमा बिगत लामो समय देखि विवाद भएकोले कार्यमा ढिलाइ भैइ रहेकोले किसान हरु चिन्तित बनेका छन् । किसानले खुन पसिना बगाएर बालि उपजाउने तर वर्षा हुने बितिकै नदीको पानीको बहाव बढि भई बालि नष्ट हुने कुराले किसान चिन्तित बनेका छन् । तर बिकासको कार्यमा बिकास गर्ने सोच भन्दा बढि आफ्नो गोजीको विकास का लागि मात्र लागेकोले दिनप्रतिदिन समय लम्बिदै गएको र किसान मर्कामा पर्ने भएको छ। साचिकै यदि बिकास चाहेको भए कोहि एक जनाले प्रति पक्षी भएर निगरानी गरि हरेक दृष्टिले जोगिन्थ्यो । कसैले कनै त्रुटि गरेमा कर्यावाही को दायरामा लगी कानुन अनुसार कानुनको भागिदारी हुने थियो ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पचरौता वाडा न। ६ का वाडा अध्यक्ष मकबूल मिया का पक्षधर र सचिता नन्द साह का पक्षधर हरुले छुट्टा छुट्टै समिति बनाइ आ-आफ्नो उपभोक्ता समितिको दावी गरिएको नदि नियन्त्रण तथा सिचाई बिकास डिभिजन कार्यालयका डिभिजन प्रमुख महेश प्रसाद थारुले जानकारी गराएका हुन् । मियाका पक्षधरले २०७५-९-२७ गते नेजामुदिन अन्सारी को अध्यक्षतामा ४५ जनाको सहभागितामा रहेको भेलाले र २०७५-१०-५ गते समाजसेवी सेवी साहका पक्षधर लालाधारी साहको अध्यक्षतामा ९ सदसीय समिति मा १३९ जनाको सहभागितामा गठन गरि योजना संचालन गर्न आ-आफ्ना प्रस्तावना पेश गरेका छन्। दुवै समितिको बिबाद समाधान गर्न कार्यालयको सहभागितामा समय र स्थान उल्लेख गरि लिखित सुचना का साथ् समिति पुनर गठन गर्न दुवै समिति लाइ जानकारी गराई विकासको कार्य अगाडि बढाउन कार्यालय प्रमुख थारुले जनाएका हुन् ।

यहि चैत्र १३ गते बुद्धबार वाडा अध्यक्ष मियाका पक्षधरले माननीय प्रदेश सभा सदस्य बाच्चा राउत अहिर को अध्यक्षता तथा नगर प्रमुख रमेश यादव को विशेष उपस्थिति मा मियाको अध्यक्षतामा गठन भएको उपभोक्ता समिति लाइ नै पूर्णता दिएको थियो। तस्तै साहका पक्षधर ले भने हामि तोकिएको समय भन्दा ४ घण्टा बढी सम्म बसी कुर्दा पनि सिचाई बिकास डिभिजन कार्यालय बाराका प्रतिनिधि योजना स्थल नजिक नआएको र पछि थाहा भए ओसार रामाधार राय यादवको घरदैलोमा लुकिछिपी समिति गठन गरेको तथा आफ्ना आसेपासे लाइ समितिमा राखी रकम हिनामिना गर्ने बदनियतका साथ् यस्ता निन्दनीय कार्यको घोर बिरोध गर्दै पुन: समिति गठन गर्न मांग गरेका छन् ।

सिचाई डिभिजन तथा नदि नियन्त्रण कार्यालय बाराले समिति गठन गर्न लाइ तोकेको प्रतिनिधि ले प्रतिवेदन दिए अनुसार प्रक्रिया अगाडी बढाउने डिभिजन प्रमुख थारुले जनाएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश