CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

काठमाडौं अनामनगरको खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै

फेटा GP PSA
1,502
सिम्रौन्गढ़ नपा psa

एम्पी शाह, काठ्मान्डौं।

हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्। नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ। सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८

त्यस्तै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरु लाई निःशुल्क रुपमा खाना खुवाउने अभियान चलाएका छन्।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय काठमान्डौं द्वारा जारी निषेधाज्ञाका कारण प्रभावितहरु लाई समाजले खाना वितरण गर्दै आएको छ। लामो समय देखीको निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । तर सरकारले मात्र लकडाउन गरि घरमै थुनेर मार्ने मात्र गुरु योजना रहेको पनि सर्वसाधारणहरुको टिप्पणी रहेको छ। सरकारको मुखमा कालो मस्सी लगाउदै यी संस्थाले आफै त्यत्रो ६ महिना सम्म कमाउन नसकेका युवाहरूले खाद्यान्न उपलब्ध गराउँदै एउटा बाटो देखाएको सेवा ग्राहीहरुले आफ्नो अभिमत राखेका छन्।

Karaiya Mai Notice Winter

खाना बाड्ने कैम्प नजिकै आ-आफ्नो अभिमत त्यहा जम्मा भएका रिकसा चालक तथा टेम्पो चालक लगायत दैनिक रोजगारी गरि खाने हरु एक जुट भएर स्थानीय, प्रदेश र संघीय तीनवटै सरकार लाई ब्यापकरुपमा आलोचना गरेका थिए।

यो सरकारहरुले के नै गर्न सक्लान अबत लाग्दै छ कि अढाइ सय बर्ष पहिलाको जमानामा हामी आइपुगेको हो कि ? आफैमा प्रश्न र जवाफ गर्दै उपहास गर्दै भने पहिला त बाइसी र चौबिसी राज्य हुने गर्थ्यो तर अबत त्यसभन्दा पनि कम क्षेत्रफलको आ-आफ्नो पालिकाहरु लाई नै राज्य बनाएर जसले जति लुट्न सकेको लुटिरहेको कुरा चर्चा समेत गर्ने गरेका थिए।

नेपाल सरकारको इसारामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि आफुहरु अगाडी सरेको अभियन्ताहरुले वताए ।

खुल्लामन्चमा बिहानको निशुल्क खाना कार्यक्रम हाम्रो सानो प्रयास नेपाल अभियान, गोसिप क्विन नेपाल लगायतकाले काठमाडौ उपत्यकाका विभिन्न ठाउँडरुमा निशुल्क खाना कार्यक्रम संचालन गर्दे आई रहेका छन ।कोभिड १९ नेपाल enough is enough का अभियन्ता समेत देशै भरी यी र यस्तै राहत उद्धारका कार्यक्रममा निरन्तर खटिरहेका छन ।

बिभिन्न संघ संस्था अनि व्यक्तिगत सहयोग संकलन गर्दे चैत्र १४ गते देखि खुल्ला मंचमा खाना खुवाउदै आइरहेका छन्। हरेक बिहान हाम्रो सानो टिमका सदस्यहरु र स्वयंसेवक साथीहरु मिलेर आफै खाना बनाई उहाहरुलाई स्वस्थ खाना खुवाउदै आईरहनु भएको छ । अनामनगरमा उहाहरुको खाना बनाउने ठाउ छ, त्यही नै खाना पकाई बाडी रहेका छन् । आफै खाना बनाउने र आफै भाडा सफा गर्ने सबै काम आफुहरु नै गर्दै आइरहेका छन्। किन कि केहि पैसा भएपनि संचित भएर उहाहरुको लागि संकलन हुन्छ भनेर उहाहरु सबै कार्य आफै गर्दै आइरहेका छन्। उहाहरु निरन्तर दैनिक ज्याला मजदूरी गर्ने मानिसहरुको लागी दिनरात सेवारत रहेका छन्।

Baiju sah