CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उधोगको काम नलागने छाईबाट स्थानिय बस्ती नै तनावमा जनप्रतिनिधि अन​भिज्ञ​   

फेटा GP PSA
1,034
सिम्रौन्गढ़ नपा psa

उधोगको काम नलागने छाईबाट स्थानिय बस्ती नै तनावमा जनप्रतिनिधि अन​भिज्ञ​

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
 अनिल पाण्डेय,
Karaiya Mai Notice Winter
 कलैया बारा
 बाराको जितपुर सिमरा उपमहानगरपालीका को जितपुर मा रहेको उधोगहरुबाट फ्यालिएको छाईले गर्दा स्थानिय बस्ती नै अहिले तनाबमा छन।जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ५ को बलुआ दलित बस्ती र वडा नम्वर ८ को इमलीप्रर्ती  गाँव को स्थानिय बासी उधोगबाट सार्बजनिक जग्गा नदिको पेटिमा फ्यालिएको छाईले सानोतिनो हावा आएपनि फालिएको छाई हावासँगै आई आँखा र खानामा पर्ने गरेको हुनाले आँखा खराब हुने र खाना नै बर्बाद हुने गरेको स्थानियले गुनासो पोखेकाछन। वडा नम्वर ७ र ८ को सिमानाकामा रहेको शिवशक्ती घ्यु उधोग को छाई  पछाडी को नदि को जमिनमा फ्याकिएकोले प्रदुषण बढेको र हावा आएपछी आँखा मा पस्ने र खानामा खस्ने गरेको गुनासो बलुआ दलित टोल को राजेन्द्र पासवान गरेकाछन । सम्पुर्ण बस्तीमा रहेको  घर परिवार मध्ये एक जनालाई आँखाको समस्याले औषधि गराउनै परेको फुलमती देवी चमार गुनासो पोखेकाछिन।  हामी सबै जना गरीब छौ काम गरेको मजदुरीबाट पाएको ज्यालाबाट खाना खानुपरेको अवस्थामा शिवशक्ती उधोगबाट निस्केको फोहर छाई घर परिवारमा परेको समस्या सम्बन्धित निकायको ध्यान नगएकोले आफुहरु धेरै पिडा भोग्दै नन्दकिशोर पासवान दुखेसो पोखेकाछन। उधोगबाट निस्केको फोहर पानी नदि मा फालिरहेको हुनाले आफुहरुले घरमा पालेको गाई , भैसी र खसीबाखराले सो नदिको पानि खान नसकने भएकोछ। यदि पानि खायो भने समस्या खडा हुने गरेको छ। घरपालुवा जनावर देखी स्थानिय बासीलाई समेत आवतजावत गर्न समस्या भईरहेको भनि  हृदयनारायण साह दुखेसो पोखेकाछन।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ८ को प्रमशिला देवी चौरसीयाको१३ बर्षको छोरीको आँखामा छाई उडेर पसेकोले आँखा नै खोल्न नसकिने भएकाले अस्पताल मा गई चेक अप गराउनु परेको आफु गरीबहरुको समस्या बुझीदिने कोई नभएको जानकारि गराउनुभयो । वडा नम्वर ८ को दलित  निर्वाचित सदस्य सविता पासवान उधोगबाट निस्कने फोहर छाई खुल्ला रुपमा सार्बजनिक जग्गामा फ्यालिने गर्दा त्याहाँको स्थानिय बासिलाई सानोतिनो हावाको सिनोले नै समस्या भोगिरहनुपरेको जानकारी गराउनुभयो । वडा कार्यालयको बैठकमा आफु उधोगबाट उत्पन्न समस्याको ध्यानअकार्षण गराई समाधान गर्ने तिर जाने सदस्य पासवान जानकारी गराउनुभयो ।
वडा नम्वर ५ को वडा अध्यक्ष मोहित चौधरी सँग जानकारी लिदा आफुनिर ति समस्याको गुनासो आएको छ तर अहिले आफु बाहिर भएकोले दुई चार दिनमा आएपछि उधोगबाट उत्पन्न समस्याको समाधानको प्र​क्रिया अगाडि ब​ढाउने प्र​तिबध्ता जाहेर गर्नुभयो। वडा नम्वर ७ को अध्यक्ष  रामबाबु गुप्ता सँग जानकारी लिँदा आफुलाई त्यतो समस्याको कुनै किसिमको जानकारी नरहेको बताउनुभयो। उधोगको जग्गाको बिषयमा सार्बजनिक हुनुलाई स्थानिय        प्र​तिनिधी र नापी कार्यालयको प्र​तिनिधी को रोहबरमा नापी हुदा एलानि जग्गा ठहर नभएको  प्रतिवेदन मा उल्लेख भएको जानकारी अध्यक्ष गुप्ताले बताउनुभयो।
वडा नम्वर ८ के अध्यक्ष रामबाबु राउत कुर्मि सँग सम्पर्क गर्दा मोबाईल अफ रहेको जानकारी
प्राप्त भएकोछ। शिवशक्ती घयु उधोग को मानेजर छतिस अग्रवाल सँग जानकारी लिन खोज्दा त्यो फाँट प्र​काश पाण्डे हेर्नुहुन्छ उहाँसँग कुरा गराईदिन्छु भनेपछि जतिचोटी मोबाईलमा फोन गर्दा रिसिभ गरिराख्नुभएको छैन।  जनप्रतिनिधि कै लपरवाही र मिलोमतो मै काम भईरहेकोले स्थानिय जनताहरु सास्ती खेप्नु परेको पुर्व वडाअध्यक्ष हरिद्वार महतो आरोप लगाउनुभएको छ ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश