CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर

फेटा GP PSA
1,323
सिम्रौन्गढ़ नपा psa

एम पि शाह, काठमान्डौं।

आज पनि बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर जारी रहेको छ। सडकपेटिमा रहेका बालबालिका, विविध कारणले असाहय विपन्न भइ सडक पेटिमा बेसहारा जीवन बिताइ रहेका, जेष्ठ नागरिक, दाजुभाइ, दिदीबहिनी हरुलाइ आ-आफ्नो ठाउँ बाट सहयोग गर्न आवहान गर्दै नि:शुल्क खाना वितरण गरिरहेको जानकारी संस्थाका अधक्ष्य बाबुराम फुयालले गराउनुभयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

काठमाडौ महानगरपालिका वडा न ६ बौद्धको फुलबारी, कुवाटोल, माहान्काल त्यसै गरि पशुपति नाथ मन्दिरको वनकाली परिसर, गुहेश्वोरी मन्दिर वरिपरि साथै चाबहिल गणेशथान मन्दिर वरिपरि रहनु हुने भोका व्यक्तिहरुलाइ खाना वितरण गरिएको छ। यस अभियानमा सहयोग गर्नुहुने संस्थाका कार्यसमिति पदाधिकारी हरुमा उपाध्यक्ष नारायण प्रसाद अधिकारी, महासचिव बुद्धिमान लिम्बु, कोशाध्यक्ष शर्मिला उप्रेती, सदस्यहरु झलक राज उप्रेती, अन्जना श्रेष्ठ, सरिता श्रेष्ठ, जगन्नाथ फुयाल, उर्मिला श्रेष्ठ, फुलमाया लामा, मायालु लामा, कल्पना अर्याल, रिता के.सि र अनिता अछामि सल्लाहकार उत्तम शर्मा उपसंयोजक रबिन्द्र दाहाल आजिवन सदस्य रमेश पुडासैनी, प्रतिमा राइ, स्वयं सेवक सदस्य प्रबेश कार्की, रस्मिला श्रेष्ठ, भिमा थापा, मिना उप्रेती, शंकर चौलागाईं, मुना अधिकारी, युगा राइ, एन्जला बोगटी, बिन्दु बुडाथोकी बाल क्लबको अधक्ष्य अभिलेख राज उप्रेती, प्रज्वल दाहालले सहयोग गरिरहनु भएको छ। खाना पकाउनका लागि पानी तथा ठाउँ लगायत सहयोग गर्नु हुने किर्तिका गर्लस होस्टेलका सन्चालिका नितु पोख्रेलज्यु बाट भएको छ।

Karaiya Mai Notice Winter

आउनुहोस सक्नेले जे सकेको  सहयोग गरौ। मन वचन कर्मले दिन दुखीको सेवा गरौ। बाल सचेतना केन्द्र नेपालको अभियानमा सहभागी हुन निम्न लिखित नम्बरहरुमा सम्पर्क गर्न सकिने कुरा पनि जानकारी गराउनु भयो।

हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्। नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ।

सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।

त्यस्तै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ बाल सचेतना केन्द्र नेपाल द्वारा निषेधाज्ञा अवधिभरी गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरु लाई निःशुल्क रुपमा खाना खुवाउने अभियान चलाइ रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश