

सैलेस गुप्ता २२ असोज पोखरिया

आज बिहान शस्त्र प्रहरि बेस केम्प बन्जारीले भंसार छली गरि लयाईएको नयाँ ट्रेक्टरको टेलर पर्सा को छिपहरमाई गाउपालीका वडा नम्बर २ टिहुकी बाट नियन्त्रणमा लिएको छ । सो टेलर प्रहरि चौकि टिहुकीको प्रहरि ईन्चार्ज पवन झा० ले मोटो रकम नजराना लिएर तस्कर सित को मिलो मतो मा बिहानै सुन सान भएको करिब ६ बजेको समयमा भारत बाट नेपाल भित्रीयाइएको स्थानिय प्रत्यक्ष दर्शीहरुले बताएका हुन । स्थानिएका अनुसार बिहानै भारतीय ट्रेक्टरमा जोडेर भारतको प्रसुतीपुर नाका र छिपहरमाई गाउपालीका को वडा नम्बर २ मा पर्ने प्रहरी चौकी टिहुकी को एरिया को बाटो भएर नेपाल भित्रीएको थियो । सो नाका बाट नेपाल भित्रीरहेको बेला स्थानियहरुले ईलाका प्रहरि कार्यालय पोखरिया मा गोप्य सुचना दिएका थिए । तर त्यो सुचना को कुनै औचित्य नरहि टेलर नेपाल भित्रीयो । प्रहरि चौकी टिहुकी ले सो टेलर लाई समात्नु पर्ने मा उलटै फोन गरेर तस्करलाई टेलर लुकाई दिनु भन्ने बिषयमा कुरा गरि रहेको अवस्थामा सोही गाउका १ जना ब्यक्तीले सुनेका थिए । सो कुरो भएता पनी टेलरलाई लुकाउन कार्यमा तस्कर ले अस्फल भएका थिए । केही समयमा सो सुचना को आधारमा शस्त्र प्रहरी बेस केम्प बन्जारी को प्रहरिले सो ठाउमा पुगी टेलरलाई नियन्त्रण मा लिई सस्त्र बेस बन्जारी मा बुझाएका थिए । सो बिषयमा ईलका प्रहरि कार्यालय पोखरिया को प्रहरि निरिक्षक दिपक थापा सित बुझदा अफुलाई सुचना आएको बताए । सो बिषयमा थप अनुसँधान को लागी सो चौकिमा पोखरिया बाट १ जना सई लाई पठाएको बताए । सोहि बिषमा शस्त्र प्रहरि बेस केम्प बन्जारि सित बुझदा नियन्त्रण मा रहेको टेलर लाई भन्सार कार्यालय बिरगन्ज मा पठाउने प्रकिया भईरहेको प्रहरि निरिक्षक सँजिप बानिया ले बताए ।
